Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बहुमत दिनोस्, रोजगारीदेखि सुशासन दिन्छौं

०५ मंगलबार , फाल्गुण २०८२७ घण्टा अगाडि

बहुमत दिनोस्, रोजगारीदेखि सुशासन दिन्छौं

रास्वपाले नागरिकसँग बहुमत दिनोस्, रोजगारीदेखि सुशासन हामी दिन्छौं भनेर बाचा गरेका छन् । रास्वपाले ५ बुँदे नागरिक करार सार्वजनिक गरेर यस्तो बताएको हो । यही नै रास्वपाको घोषणापत्र पनि हो । 
यो करारमा रास्वपाले पार्टीको प्राथमिकताका ५ क्षेत्र किटान गरेको छ । यी क्षेत्रमा सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टभिटी र प्रवास रहेका छन् ।
रास्वपाका अनुसार नीति–नैतिकता, आचरण र संस्थागत सुधारका लागि ‘भ्रष्टाचार विरोधी महाअभियान’ चलाउने र विश्वसनीय, सदाचारी राज्य निर्माण गर्दै, सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलीभरी सहित ट्रान्सपेरेंसीको भ्रष्टाचार सूचकाङ्कमा भारी सुधार गर्ने, दलीयकरणको अन्त्य र २०४६ देखिकै सम्पत्ति छानविन गर्न उच्चायोग गठन गर्ने लक्ष्य राखेको उल्लेख छ ।
नागरिक करारमा औसत वार्षिक प्रतिव्यक्ति आय ३००० डलर नघाउन कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर (प्रचलित मूल्यमा) पु¥याउने, शत प्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षाको आमूल सुधार गर्ने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा को ग्यारेन्टी आधुनिक बैंकिङ्गसहित वित्तीय सेवाहरूमा सबै नागरिकको पहुँच लगायत सख्त नियमनभित्रको सहकारी र लघु वित्त, मिटर व्याज शोषणको अन्त्य गर्ने दोस्रो लक्ष्य रहेको छ ।
तेस्रो लक्ष्यमा बाध्यात्मक पलायन घटाउन औपचारिक, सम्मानित, सुरक्षित र समावेशी १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने तथा आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारलाई प्राथमिकतामा राख्ने भनिएको छ ।
चौथो लक्ष्यमा प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सड़क र हवाई सञ्जाल, भरोसायोग्य उर्जा ग्रीड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट, १५ हजार मेगावाट विद्युत् जडित क्षमता, ३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने भनिएको छ ।
रास्वपाको पाँचौं लक्ष्यमा विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन गर्ने, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण र मर्यादित वैदेशिक रोजगारी तय गर्ने लक्ष्य छ ।