Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

शान्तिको सेता परेवा मार्ने भारत नै हो –५

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

गणेशबहादुर ढुंगाना-
७) भारतीय प्रभाव बढेको सन्दर्भमा– भारत सरकार, राजनीतिक दलहरु र राजासँग समेत सहमति भइसकेपछि भारतले हिन्दूधर्म र राजतन्त्र नै फाल्नेगरी उत्पात मच्चायो। हिन्दूहरु चुप लागे, राजाले श्रीपेच नै उनीहरुका मान्छेको हिल्ला लगाइदिए। भारतीय उत्पात त्यसपछि पनि रोकिएन, जारी  छ। नेपाल अन्यौलमा अद्यापि रन्थनिरहेका छन्। भारतीय डिजाइन के हो? भारत नेपाल खानै खोज्दैछ त, यो कुरो नेपालीले अझै बुझेनन्। 
जसरी भारतको सहमतिमा कालो गुफाबाट झट्केलो संविधान लागू हुनु, सुपरशक्तिको गठनदेखि सञ्चालन भइरहनु र कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालाई समेत कंगारु कोर्टमा परिवर्तन गरी सबै अधिकार अन्तर्निहित  गर्न खोज्नु तथा नेपाली शासकहरुको हदम्याद तोकेर शान्तिसुरक्षासम्ममा पनि छिरिक्क केही गर्न नपाउने गरी हातखुट्टा बाँध्नु र हाम्रा नेता त्यसमा बाँधिनुले हामी कसरी चाउरिएछौं? यही हो त नयाँ नेपाल भनेको? 
उसले जे भन्यो, त्यसैमा आँखा चिम्लेर सहीसाफ गर्नुपर्ने कस्तो बिबस बन्धकमा परियो नि? नेपालीलाई अन्धकारमै जाकेछन्? हाम्रो खटनपटन, चलन, पजनी सबै कालो पर्दापछाडिबाट भारतीय भायसरायले गरिरहेको जगजाहेर भइसकेन र? १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, अहिलेसम्म अरुलाई के धन्दा भारतलाई नागरिकताकै धन्दा छ। उनका मान्छेलाई नागरिकता दिएपछि संविधानसभाको चुनाव भयो, यो देशद्रोह होइन?   भारतीयलाई नागरिकताले देश खायो, नरेश खायो, धर्म खायो, धन खायो, सर्वस्व खायो। नेपालीलाई रुवायो तैपनि अझै यो नागरिकताको कालोसर्प नेपाललाई ठुँग्न सलबलाइरहेको छ। अंगीकृतको प्रावधान हटाउ भनिरहेको छ। निश्चित छ, अव लाखौं निर्दोष नेपालीको ज्यान खान फुँकार र हुँकार गर्दैछ। नेपाली सचेत नहुने हो भने नेपाल भन्न नपाउने दिन टाढा छ जस्तो लाग्दैन। क्रमस...अर्को हप्ता।