Advertisement Banner
Advertisement Banner

१० आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

जसले चुनाव लड्न पाएनन्, चाहेनन्

२१ बिहिबार , फाल्गुण २०८२३ महिना अगाडि

जसले चुनाव लड्न पाएनन्, चाहेनन्

१६५ प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्यका लागि ६८ पार्टीका ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिए । समानुपातिकबाट ११० सांसद चुनिनेछन् ।
झापा ५ मा एमालेका केपी ओली र रास्वपाका बालेन साह, सुनसरी १ मा हर्क साम्पाङ, चितवन २ मा रास्वपाका रवि लामिछाने, सर्लाही ४ मा कांग्रेसका गगन थापा, रुकुम पूर्वमा नेकपाका प्रचण्डको चुनाव क्षेत्र चर्चामा छन् ।
जेनजी आन्दोलनबाट प्रताडित ३ पूर्वप्रधानमन्त्री कांग्रेसका शेरबहादुर देउवा, पूर्व माओवादी डा.बाबुराम भट्टराई र नेकपाका झलनाथ खनालले उमेदवारी दिन साहस जुटाएनन् ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, एमालेका योगेश भट्टराई, कांग्रेसका कृष्णप्रसाद सिटौला, कांग्रेसकै पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, एमालेका बसन्तकुमार नेम्वाङ, कांग्रेसकी सुजाता कोइराला, बलबहादुर केसी, नारायण खड्का, रामहरी खतिवडा, एमालेका भीम आचार्य, विजय सुब्बा, लालबाबु पण्डित, विशाल भट्टराई, यज्ञराज सुनुवार, राजेन्द्र गौतम, भानुभक्त ढकाल, अशोक राई र प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका नेता सुदन किराती, महन्थ ठाकुर र चित्रलेखा यादव, कांग्रेसका प्रकाशमान सिंह, राजेन्द्रकुमार केसी, एमालेकीअष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, नेकपाकी पम्फा भुसाल र विरोध खतिवडा, विक्रम पाण्डे, नेकपाका देव गुरुङ, कांग्रेसका सशांक कोइराला, धनराज गुरुङ, गोविन्दराज जोशीदेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जसले चुनाव लड्न चाहेनन् वा चुनावका लागि पार्टीबा टिकट पाएनन् ।

कांग्रेसकी पुष्पा भुसाल, बालकृष्ण खाँण, राप्रपाका धवल शमशेर राणा, एमाले सचिव छबिलाल विश्वकर्मा, नेकपा संयुक्तका घनश्याम भूसाल,  नेकपाका नेताहरू चक्रपाणि खनाल र रेखा शर्मा, पूर्व गृहमन्त्री वामदेव गौतम, कांग्रेसका पूर्णबहादुर खड्का, हृदयराम थानी, प्रकाश ज्वाला, कर्ण थापा, बद्रीप्रसाद पाण्डे, दिलेन्द्र बडु, रमेश लेखक, वीरबहादुर बलायर, रञ्जिता श्रेष्ठ जो चुनावमा छैनन् ।