
२३ फागुन, झापा । जनताले विश्वास गरेपछि रास्वपालाई प्रचण्ड बहुमत मिलेको छ । बालेन साहले चुनाव जितेपछि झापा पुगे, देशवासीलाई धन्यवाद दिए । बालेन साहको अबको पाइला प्रधानमन्त्रीतिर हुनेछ ।
बालेन साहले न भूतो न भविष्यति, यस्तो जोखिम मोलेर चुनाव जितेका छन् । एमालेजस्तो संगठित पार्टीको अध्यक्षलाई झण्डै ५० हजार मतले मात दिएका छन् । उनले ६८ हजारभन्दा बढी मत पाएका छन् । यो मत नै कुनै पनि उमेदवारले पाएको सबैभन्दा ठूलो जनादेश हो । उनी नेपालको इतिहासमै ३६ वर्र्षमा प्रधानमन्त्री बन्नेछन् ।
जतिसुकै गाली गरे पनि, आलोचना गरे पनि इमानदार छ भनेर जनताले स्वस्थानीमा हात्तीले राजा चुनेझैं जनताले देशको मुहार फेर्ने जिम्मेवारी बालेन साहलाई सुम्पेका छन् । रवि लामिछाने र बालेन साहको जोडीले अब देशमा सुशासन र समृद्धिको खाका कोर्नुपर्नेछ, जेजनी पुस्ताको सपना साकार पार्नुपर्नेछ ।


