Advertisement Banner
Advertisement Banner

२५ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

एकसय ३३ स्थानकाे नतिजा आउँदा रास्वपाले १०२ सिट जित्याे

२४ आइतबार , फाल्गुण २०८२एक दिन अगाडि

एकसय ३३ स्थानकाे नतिजा आउँदा रास्वपाले १०२ सिट जित्याे

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ काे हालसम्म १ सय ३३ स्थानकाे नतिजा सार्वजनिक भएकाे छ । पछिल्लाे नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले सबैभन्दा बढि १ सय २ स्थानमा जित हासिल गरेकाे छ ।

निर्वाचनको अन्तिम परिणाम आउने क्रमसँगै नेपालको राजनीतिमा ठूलो उथलपुथल देखिएको हाे । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म रास्वपाले १ सय २ सिटमा जित हासिल गरेको छ भने नतिजाले राजनीतिमा पकड जमाएर बसेका पुराना दलहरूलाई निकै पछाडि पारेको छ ।

पछिल्लाे नतिजा अनुसा नेपाली कांग्रेस १५ सिट, नेकपा एमाले ७ सिट, नेकपा ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, श्रम संस्कृति पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भइरहेकाे बाँकी क्षेत्रमा पनि रास्वापा कै अग्रता रहेकाे छ ।