
ओखलढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल ५ मतकाे अन्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पछि पार्दै पोखरेल विजयी भएका हुन् ।
ओखलढुङ्गाकाे प्रतिनिधिसभा सदस्य निर्वाचनकाे अन्तिम मतपरिणाम अनुसार पोखरेल १३ हजार ९ सय ५३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।
त्यसैगरि नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बीरबाबु गुरुङले ११ हजार २ सय ९६ मत प्राप्त गर्दा नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७ सय २० मत प्राप्त गरेकी थिइन् । निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाका अनुसार कुल ५८ हजार ८ सय ९१ मत खसेका उक्त निर्वाचन क्षेत्रमा ५५ हजार ५ सय ३५ मत सदर र ३ हजार ३ सय ५६ मत बदर भएको थियाे ।


