Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

प्रत्यक्षतर्फकाे सबै मतपरिणाम सार्वजनिक, रास्वपाकाे १२५ सिट

२६ मंगलबार , फाल्गुण २०८२९ घण्टा अगाडि

प्रत्यक्षतर्फकाे सबै मतपरिणाम सार्वजनिक, रास्वपाकाे १२५ सिट

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रत्यक्षतर्फकाे सबै मतपरिणाम सार्वजनिक भएकाे छ । प्रत्यक्षतर्फकाे देशभरकाे १६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिट जितेकाे छ ।

समानुपातिक तर्फ पनि (रास्वपा) ले भारी मतका साथ आफ्नो बर्चस्व कायम गरेको राखेकाे निर्वाचन आयोगको पछिल्लो विवरणमा उल्लेख गरिकएकाे छ । आयोगको विवरण अनुसार हालसम्म १ करोड २ लाख ६८ हजार ९९६ मतगणना हुँदा रास्वपाले करिब ५० लाखको हाराहारीमा मत प्राप्त गरेको बताइएकाे छ ।

समानुपातिकका लागि रवि लामिछाने नेतृत्वको रास्वपाले हालसम्म ४९ लाख ३७ हजार ६५२ मत प्राप्त गर्दा उसलाइ पच्छ्याइ रहेकाे नेपाली काँग्रेसले १६ लाख ६९ हजार ८७६ मत प्राप्त गरेको आयोगले जनाएकाे छ । त्यस्तै नेकपा एमालेले १३ लाख ८७ हजार ४७९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५० हजार २४१ मत पाएकाे छ ।

आयोगको विवरण अनुसार अन्यदलहरूकाे समानुपातिक तर्फ श्रम संस्कृति पार्टी: ३ लाख ४६ हजार ८०१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख २२ हजार ०९७, जनता समाजवादी पार्टी, नेपाल: १ लाख ६९ हजार ४०३,राष्ट्रिय परिवर्तन पार्टी: १ लाख ६४ हजार ७३३ र जनमत पार्टी: ७५ हजार ४४५ मत रहेकाे छ ।