Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

गगनलाई राजीनामा नदिन चिरिबाबुसहितको आग्रह

२८ बिहिबार , फाल्गुण २०८२७ महिना अगाडि

गगनलाई राजीनामा नदिन चिरिबाबुसहितको आग्रह

ललितपुरका स्थानीय जनप्रतिनिधिहरुले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन् । कांग्रेसबाट निर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कांग्रेसको अभिभावकत्व ग्रहण गर्नसक्ने एकमात्र व्यक्ति थापा रहेको बताउँदै उनीहरुले राजीनामाभन्दा सभापतिको निरन्तरताको खाँचो रहेको बताएका छन् ।

‘वर्तमान राजनैतिक अवस्था, नेपाली कांग्रेसको गर्भिलो इतिहास, समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमिका, राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्वद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वर्तमान अवस्थाजस्ता विषयको रक्षार्थ कांग्रेसका सभापति गगनकुमार थापाले अभिभावकत्व ग्रहण गर्नुपर्ने र गर्नसक्ने एकमात्र व्यक्ति रहेको हाम्रो ठम्याई भएको हुँदा थापाको राजीनामाभन्दा कांग्रेस नेतृत्वको लागि सभापतिको निरन्तरताको खाँचो भएको हुँदा हामी कांग्रेसको तर्फबाट निर्वाचित ललितपुरका स्थानीय तह जनप्रतिनिधिहरु अनुरोध गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

ललितपुरका मेयर चिरिबाबुसहित जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी, महाङ्काल गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, गणेशबहादुर केसी, र कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष राजन घिमिरेले संयुक्त विज्ञप्ति निकालेका हुन् ।