Advertisement Banner
Advertisement Banner

२४ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

समानुपातिकतर्फकाे सिट संख्या सार्वजनिक

२९ शुक्रबार , फाल्गुण २०८२४ महिना अगाडि

समानुपातिकतर्फकाे सिट संख्या सार्वजनिक

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकाे समानुपातिकतर्फकाे सिट संख्या सार्वजनिक गरेकाे छ । आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सार्वजनिक गरेको हाे ।

आज आयोगले विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरेकाे छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २०, नेपाल एमाले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको निर्णय बमोजिम सिट बाँडफाँट गरेको हो ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएको थियाे । आयोगले आजै पत्राचार गरि तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई आग्रह गरेकाे बताइएकाे छ ।