
‘मैले विषम परिस्थितिमा दायित्व पूरा गरें, अब पुरानै जीवनमा फर्कन्छु’ अन्तरिम प्रधानमन्त्रीले भनेकी छिन् ।
तिनै प्रधानमन्त्री जो चुनावको सफलताले वाहवाही पाइरहेकी प्रधानमन्त्री सुशीला कार्कीले सत्ता हस्तान्तरण गर्ने बेलामा अलोकप्रिय निर्णय गरेकी छिन् ।
हप्ताभरमै नयाँ सरकार बन्ने तरखर हुँदैछ । तर प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको कार्यकारीमा नियुक्ति दिने निर्णय गरेकी छिन् । यसअघि उनले यिनै श्रेष्ठकी श्रीमतीलाई पनि यस्तै निर्णय गरेकी थिइन् । नेपोटिजम, फेबोरिजमबाट मुक्त नभएको चरित्र देखाउँदा आलोचना भइरहेछ ।
पहिले पहिलेका सरकारले पनि सत्ता छाड्ने बेलामा आफन्तलाई पुरस्कारका रूपमा यस्तै निर्णय गर्ने गरेको इतिहास छ । जुन प्रकारको बिकृति विरूद्ध जेनजी आन्दोलन भयो, सुशासनका लागि भनेर निर्वाचन भयो, त्यस्तै बिकृतिको जरामा पानी हालेर जानु प्रम सुशीला कार्कीको प्रशंसामा घून लागेजस्ते भएन र ?


