
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । त्यसको नतिजा पनि सार्वजनिक भयो ।यो लोकतन्त्र हो यसमा हार जित हुनुलाई स्वभाबिक रूपमा लिनुपर्छ ।नेपालमा करिव ६८राजनैतिक पार्टी र कहिं स्वतन्त्र उमिदवारहरूले पनि भाग लिएका थिए । यी मध्य कुल ६ पार्टीहरूले थ्रेसहोल्डको सिमाना नागेर राष्ट्रिय दलको रूपमा अहिले मान्यता पाउन सफल भएकाछन् ।
वास्तबमा थ्रेसहोल्ड भनेको एकजना उमेदवार सहित सदर मतको ३ प्रतिशत भोट प्राप्त गर्न अनिवार्य हुन्छ ।
अहिले देशमा सबैभन्दा बढी सिट लिएर पहिलो राजनैतिक पार्टी बन्न पुगेको रास्ट्रिय स्वतन्त्र पार्टी,जसले १२५ र ५०प्रतिसत भन्दा बढि मत प्राप्त गर्न सफल भएको छ ।त्यसपछि नेपाली कांग्रेसले दोस्रो स्थान १६%, एमाले तेस्रो १३% ,नेपाल कम्युनिष्ट पार्टी ७% ,राप्रपा ३% र श्रमसंस्कृत पार्टी ३% मत लिएर राष्ट्रिय दल बनेका छन् ।
उनिहरूलाई चीन, भारत, पाकिस्तान, भुटानले बधाई पनि दिएका छन् । अहिलेको निर्वाचनमा खास गरेर अमेरिकाको चासो बढि देखिएको छ ।
हाम्रो देश अहिलेसम्म सङ्घीय गणतान्त्रिक मानिन्छ जसमा निम्न प्रदेशमा निम्ननुसार सिटहरू छन् ।(१ ) कोशी प्रदेशमा –२८ सिट, (२)मधेश प्रदेशमा –३२ सिट, (३)बागमती प्रदेशमा –३३ सिट, (४) गण्डकी प्रदेशमा –१८ सिट, (५)लुम्बिनीमा–२६ सिट, (६)कर्णाली प्रदेशमा –१२सिट, (७)सुदुरपश्चिम प्रदेशमा –१६ सिट गरी जम्मा १६५ सिट प्रत्यक्षमा रहेका छन् ।
त्यही प्रकारले देशभित्र समानुपातिकरूपमा ११० सिट छन् ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) ले एकलौटो रूपमा दुइ तिहाईको करिब पुगेको छ प्रत्यक्ष र समानुपातिक गरी १८३ सिट हासिल गरेर रिकार्ड तोड सफलता हासिल गरेको छ ।राम्रो हो जित हासिल गर्नु त्यस माइनेमा उनिहरू बधाईका पात्र छन् ।सफल कार्यकालको निमित्त हाम्रो तर्फबाट शुभकामना पनि छ ।उनिहरूलगायतका सम्पूर्ण राजनैतिक दल र प्रधानमन्त्री शुशिला कार्की लगायतका चुनाव आयोग प्रसासन चुनावमा खटेका सबैले देशको एउटा जटिल अबस्थामा शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएर देशलाई एउटा सङ्कटबाट मुक्त गराएका छन् । त्यसमानेमा सबैजना देश प्रति संवेदनशील छन् भन्नेबारे प्रष्ट हुन्छ ।खास गरेर सम्मानिय प्रधानमन्त्री शुशिला कार्कीको अहिले देश विदेशमा अत्याधिक प्रसंसा भएको छ ।एउटी महिलाले देशमा छोटो समयमा अन्तरिम सरकारबाट निर्धारित गरेको मितिमा निर्वाचन सम्पन्न गराउन सफल भएको ऐतिहाशिक तथ्य पनि हो । यद्यपि उनि माथि असंवैधानिक र गैर कानुनिरूपमा अन्तरिम सरकारमा प्रधानमन्त्री बनेको आरोप पनि लागेको छ ।तर अहिले त्यो सबै कुरा भुलेर आम नागरिकहरू उनको प्रसंसक बनेकाछन् । देशलाई सङ्कटबाट बाहिर निकाल्न सरकार को अहम भूमिका रहेको छ ।
अहिले चुनाव पछि बिभिन्न तर्क बितर्क हुनु र बिभिन्न टिका टिप्णी र आसङ्काहरू जन्मिनुलाई पनि अस्वभाविक भन्न सकिदैन । यो देश सबै देशबासिहरूको हो ।सबैलाई आफ्नो देशको माया र चिन्ता हुन्छ नै ।पुँजिवादी जनतन्त्रमा जनताले आफ्नो हक अधिकारको शान्तिपूर्ण तरिकाबाट प्रयोग गरिसकेका छन् । देशमा अस्थाई सरकार वर्षैपछि नयाँ सरकार र आलोपालोबाट जनता अत्यान्तै दुखि थिए ।त्यही आक्रोशको परिणाम अहिले घन्टीलाई दुइ तिहाई मत दिएर स्थाई सरकार बनाउन सहयोग गरेका छन् ।
यो जित उनिहरूले जनतामा पटक पटक आफूले सङ्घीयता खारेजीका आस्वासन पनि बांटे । साथै भ्रष्टाचार अन्मुलन गर्ने र देशभित्र रोजगारको ब्यवस्था गर्ने भरोसा दिलाएकाले पनि विदेश स्थित नेपाली श्रमजिविहरूको मत प्राप्त गर्न सकेका हुन भन्ने मलाई लाग्छ । अहिलेसम्म रवी लामिछाने सहकारी ठगी प्रकरणबाट क्लिनचिट पाएका छैनन् । उनले जितेपनि संसदमा सफद खान नमिल्ने र पुनः त्यो सिटमा निर्वाचन् हुने समाचारहरू पनि आइरहेकाछन् । आर्कोतर्फ भर्खरै जितेर संसदमा पुग्दानपुग्दै उनिहरूका आपसि विचारहरूमा केही बिवाद देखिन्छ ।
अर्कोतर्फ अमेरिकी एमसीसी, चीनको बीआरआई र भारतको प्रभाव र दबाबलाई कसरी झेल्छन्, कुन प्रकारको नीति लिन्छन्, त्यो महत्वपूर्ण मानिएको छ । र, रास्वपा सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बारेमा कस्तो निर्णय लिन्छन् त्यही अनुपातमा बिरोध र समर्थन रहिरहने छ ।
कुनैपार्टीले जित्न सकिन भन्दैमा त्यो पार्टीलाई मतको आधारमा कम्जोर ठान्नुपनि गलत हुनेछ । उनिहरूको देश र जनताको बिषयमा उनिहरूले अगाडी सारेका धारणाहरू प्रमुख हुन्छन् ।
बालेनले दलगत विद्यार्थी संगठन र कर्मचारी संगठनहरू खारेज गर्ने विचार अगाडी सारेकाछन् । यो विवादको विषय हो । कतिपय युनियनका सिमाहरू निर्धारित हुनसक्छन् । तर लोकतन्त्रमा सबैलाई बोल्ने लेख्ने र संगठन गर्ने छुट लोकतन्त्रको रिढ नै हो । अधिकारबाट वन्चित गर्नु सही हुनेसक्दैन ।
बरू संवेदनसिल ठाउमा भएका केही निकायहरूमा रोक लगाउने विचारमा ध्यानदिनुपर्ने हुन्छ । नयाँ सरकारले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन गर्नैपर्ने कामकारवाही गर्नुपर्छ ।
नेपाल कृषि प्रधान देश हो कृषकका उपकरणहरू र सिंचाईको ब्यवस्था गर्न सक्यौं भने पहाडि भेगमा पनि अन्न उत्पादन गर्न सकिन्छ । देशमा काम नपाएर विदेशीन बाध्य भएका पौरखि युवाहरूलाई देशभित्र रोजगारको ब्यवस्था गराईदिएर युवाशक्तिलाई देशको विकासमा लगाउन सकिन्छ । विदेशमा लाखौं नेपालीहरूले न्यूनतम ज्यालामा अधिकतम् जोखिमयुक्त कार्यहरू गर्दै आएकाछन् । त्यो शक्तिलाई आफ्नै देशमा आकर्षित गर्नुपर्छ ।
राष्ट्रियताको सवालमा बालेन साह काठमाण्डौका मेहर हुँदा उन्ले आफ्नो आफिसमा देशको चुच्चे नक्सा टांगेका थिए । उन्को त्यो ब्यवहार देखेर धेरै देशभक्त नेपालीहरूले उनलाई समर्थन गरेका थिए । यो विषय पनि भारतसम्बन्धमा चुनौती हुनेछ । कालापानी, लिपुलेख, र लिम्पियाधुरा नेपालको भूभाग हो । त्यसबारे बालेन परीक्षामा हुनेछन् ।
सन् १९५० को शान्ति तथा मैत्रि संधि नेपालका लागि भार भएको छ । यसलाई खारेज गराउनेतिर लाग्लान् कि ? भारतमा काम गरेर अबकास प्राप्त गरेका तमाम् नेपालीहरूलाई फाइदा काम गर्नुपर्नेछ । भारतमा काम गरेर नेपाल फर्कदा सीमामा दिइने दुःख, अत्याचार रोक्न जरूरी छ ।
अहिले शोर्णीम वाग्लेको भनाई ३००प्रतिसत कर छुट गरेर गाडी किन्न सकिने विचार आएको छ । छिमेकी मूलुक भारतमा सत्तरी हजार मूल्यका वाइक हाम्रो देशमा तीन लाख पर्छन् । भारतमा एक पटक किनेपछि विमा बाहेक रोड टेक्स लमसङ हुन्छ । राहत दिने काम गर्नुपर्छ ।
बालेन सरकार भ्रष्टाचारको बिरूद्धमा आन्दोलन गरेर ज्यान गुमाएका ७६ जना नेपालीहरूको लाशमा उभिएको सरकार हो । ती सहिद परिवारका बारेमा सोच्नुपर्छ ।
भ्रष्टाचारले जनता आहाल भएपछि नै राष्ट्रिय स्वतन्त्र पार्टी आज देशमा सबैभन्दा ठूलो र दुई तिहाई बहुमतको शक्तिसाली सरकार बनाएकाछन् ताकि देशमा सुसाशन कायम रहोस् र देशमा हुँदै आएको भ्रष्टाचारको अन्त्य होस् । सुशासनको आशा घण्टी हो । यो जनादेशलाई राष्ट्रियता र जनताको हितका लागि सदुपयोग गर्नुपर्छ । राम्रो काम रास्वपाको परीक्षा हो । अन्यथा लोकप्रियता सकिने छ । जित्नु ठूलो कुरा हो, जितिसकेपछि सफल हुनु अर्को ठूलो कुरा हुनेछ । अहिले घन्टी पार्टीलाई जनताले साथ सहयोग दिए, भरोसा राखे । जनताको विश्वास घण्टीपार्टीले नगुमाओस् ।


