Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने

०५ बिहिबार , चैत्र २०८२१७ घण्टा अगाडि

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गर्न लागेकाे हाे ।

यसअघि आयोगले चैत २ गते ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । आयोगकाे सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ जना सांसद निर्वाचित भएका छन् ।

आज निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ । निर्वाचित सबै सांसदहरुको सपथग्रहण आगमि चैत १२ गतेका लागि तय भएको पनि आयोगले जनाएको छ ।

आयोगले निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी रहेकाे छ भने उक्त प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ला हुनेछ ।