
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका बालेन्द्र शाह (बालेन) काे मन्त्रीमण्डलमा नयाँ र पूराना अनुहारहरु देखिने भएका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त भउका शाहकाे मन्त्रीमण्डलमा यसअघि पनि मन्त्री भइसकेका र नयाँ अनुहार देखिने भएकाे हाे ।
जसअनुसार प्रधानमन्त्री बालेनकाे मन्त्रीमण्डलमा निम्न अनुसारका मन्त्रीहरु बन्ने पक्का भएकाे छ । जसमा बालेन साह—प्रधानमन्त्री, स्वर्णिम वाग्ले—अर्थमन्त्री, सुदन गुरुङ—गृहमन्त्री, शिशिर खनाल—परराष्ट्रमन्त्री, प्रतिभा रावल—सामान्य प्रशासन मन्त्री, गणेश पौडेल—पर्यटन मन्त्री र अमरेश सिंह—उद्योग मन्त्री बन्ने पक्का भएकाे हाे ।
त्यसैगरि अन्य मन्त्रीहरुमा सुनिल लम्साल-भौतिक पूर्वाधार मन्त्री, गिता चौधरी-कृषिमन्त्री, सस्मित पोखरेल-शिक्षा मन्त्री, निशा मेहता-स्वास्थ्य मन्त्री, महिला बालबालिका-सीता वादी, सोबिता गौतम-कानुन मन्त्री, विराजभक्त श्रेष्ठ-उर्जामन्त्री र विक्रम तिमिल्सिना-सञ्चार मन्त्री बन्ने भएका छन् ।


