
आगमी बिहिबार चैत १९ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते दिउँसो २ बजे बस्ने गरि दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदारबारमा अधिवेशन आह्वान गरिएकाे छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।


