Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सहज हुँदैन संसद अधिवेशन शाश्वत शर्मा

२४ मंगलबार , चैत्र २०८२९ घण्टा अगाडि

सहज हुँदैन संसद अधिवेशन
शाश्वत शर्मा

चैत १९ बाट नयाँ संसद अधिवेशन सुरू भयो । यो बैठकमा राष्ट्रिय दलको मान्यता पाएका सबै दलले नै सरकारलाई शुभकामना दिए । रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका भीष्मराज आङदम्बे, एमालेका रामबहादुर थापा, नेकपाका वर्षमान पुन, राप्रपाका ज्ञानबहादुर शाही र निर्दलीय सांसद महावीर पुनले संसदमा बोलेका थिए । पहिलो बैठकमा शुभकामना साटासाट गर्ने प्रचलन भए पनि घोचपेज र आरोप प्रत्यारोपबाट पहिलो बैठक सुरू भएको छ । खासगरी गत भदौ २४ गतेपछि हुँदा खाँदाको सत्तासुखबाट जेनजी बिद्रोहले बिस्थापन गरेपछि उनीहरूलाई औढाह छुट्नु स्वभाविक थियो । यसैको आक्रोश यी दुई दलले संसदमा पोख्न पछि परेनन् । कांग्रेस अलि नरम र एमाले धेरै नै गरम रूपमा प्रस्तुत भयो । अध्यक्ष थुनामा रहेका बेलामा बोल्न अघि सरेका एमाले रामबहादुर थापाले असन्तुष्टि पोखे, निर्वाचनमा रास्वपालाई जिताउन देशभित्रबाट नेपाली सेना, कर्मचारीतन्त्र, प्रहरीले सहयोग गरेको भन्दै बारबरा फाउण्डेशनलगायतका बाह्य शक्तिको भूमिका रहेको आक्षेप लगाए । पुराना माओवादी बादलले जनयुद्धकालीन धङधङ्े बाँकी रहेको तरिकाले संसदमा बोलेको देखियो । भन्ने नै हो भने टिचिङ अस्पतालमा बिरामी भएर सुतेका ओलीले बादलको मुखबाट आफ्नो भडास संसदमा निकालेका हुन्  यो संवोधनपछि रास्वपले मात्र होइन, एमाले नै तरङ्गित भयो र विष्णु पौडेल, योगेश भट्टराईहरूले पार्टी लाइन होइन भनेर सचिवालय बैठक नै राखेर बिमति जनाए । कार्यबाहक अध्यक्ष रामबहादुर थापाप्रति एमाले पंक्ति असन्तुष्ट हुनपुगेको छ । बिरोधको श्वर र आफूमाथि आक्रमण बढेपछि रामबहादुर थापाले लाजै पचाएर भनेका छन्– मैले अन्तैबाट लेखिएर आएको कुरालाई पढेको मात्रै हुँ । अर्थात् एमालेभित्र रडाको मच्चिनपुग्यो ।
आउने दिनहरूमा संसदको अधिवेशन घोचपेच, आरोप प्रत्यारोप र उस्तै परे मारमुङ्ग्रीका घटना पनि हुनसक्ने अनुमान गरिदैछ । झन युवाहरूको बाहुल्यता रहेको वर्तमान प्रतिनिधि सभामा मारामार नहुने कुरै भएन । अझ त्योभन्दा पनि बढी  बोलेको भनेर रास्वपाका युवा सांसदहरू डुक्रिने त होइनन् भन्ने आशंका पनि छ । उता प्रचण्डको नेकपाका वर्षमान पुन अलि बाठो भएर खुशी पार्ने शैलीमा उत्रिन भ्याए भने जनसंस्कृतिका हर्कराज राईले एमासीसी खारेज गरिनुपर्छ भनेर बालेन सरकारलाई धराप नै थापिदिएका छन् । राप्रपाका ज्ञानबहादुर शाहीले संघीयता खारेजीमा साथ र सहयोगको बाचा गरेका छन् र संविधान संशोधन गर्न अघि सरे रास्वपाको १८२ मा ५ थपेर १८७ पु¥याइदिने खुलस्त पारिदिएका थिए । शाहीले राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्रको मुद्दा उठाएर प्रशंसनीय काम गरे भन्ने प्रतिक्रिया बाक्लै सुनिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कहिले पनि प्रभावकारी रूपमा बोल्न नसके पनि संसदमा शाहीले ५ जना सांसदको बलमा जोडदार रूपमा आफ्नो पार्टीको मुद्दालाई पहिलो बैठकमै उठाउने जुन हिम्मत गरेको देखियो, त्यो प्रशंसनीय छ । भोलिका दिनमा पनि यस्तै साहस देखियोस् ।
जेहोस्, संकेत देखिन्छ कि संसदको आगामी अधिवेशनमा रास्वपाका लागि फलामको च्यूरा चपाउनुसरहको अवस्था आउनेवाला छ । खासगरी पुराना र स्थापित दलहरू जो चुनावमा बढारिएका छन्, तिनको रोष ह्वात्तै बढ्नेवाला छ । प्रतिषोध साधियो भनेर सडक तताएर भ्रष्टाचारका मुद्दाहरूलाई ढाकछोप गर्ने पुराना दलहरूको जुक्ति बढ्नेवाला छ । किनकि बालेन सरकारले बालुवाटार जग्गा, गिरिबन्धु काण्ड, शेरा दरवार, बुढी गण्डकी, वाइडबडीजस्ता अनेकन फाइलहरू खोलेर अध्ययन थालिसकेको छ । प्रमाण जुटाएर पक्राउ गर्ने अनि थुनामा राखेर अनुसन्धान अघि बढाउने रणनीति बालेन सरकारको रहेको स्पष्ट भइसकेको छ । यसका साथै बालेन सरकारले संविधान संशोधन गर्न बहस अघि बढाएको छ । राजतन्त्र र हिन्दुराष्ट्रसहितको संविधान सशोधन हुनुपर्छ भन्ने सडक र सदनमा उठ्ने आवाजले राजनीति गर्माउने समय नजिकिदैछ । अब हेर्नुछ, चौविसै घण्टा काम गरेर जनताको मतादेशको संवोधन गर्छौं भन्ने बालेन साह र रास्वपाका सभापतिको आगामी दिनहरूको काम कारवाही सबैले चीलका आँखाले हेरिरहेका छन् । भ्रष्टाचारी, राष्ट्रघाती, अपराधीहरूर्ला कारवाहीको शुरूआत गर्नु राम्रो हो । तर जनअपेक्षाहरू धेरै छन् । खासगरी दैनिक जिवनोपार्जन र राजनीतिक अनि आर्थिक अपेक्षाहरू छन् । रोजगारीका सिर्जना गर्नुछ । सुशासन स्थापित गर्ने चुनौती छ । रास्वपाले सहज रूपमा काम गर्नसक्ने बहुमत पाएको छ । आवश्यक परे दुई तिहाई जुटाइदिने सहयोगी पनि रहेका छन् । तर आफूले जनतासँग गरेका बाचा, करारलाई मूलमन्त्र बनाएर काम गर्नुपर्ने बालेन सरकारलाई पुराना भ्रष्ट, अपराधिक र बिचौलिया मानसिकताकाहरूले ठूलै धरापमा पार्नसक्छन् । चक्रव्यूह निर्माण सुरू भइसकेको अनुमान संसदको पहिलो बैठकबाटै गर्न थालिएको छ । वर्तमान समय रास्वपाको सरकारले काम गर्ने समय हो । यही कामको आधारमा ५ वर्षपछि यही नै मूल धार हो कि वर्षे बाढी हो भन्ने प्रमाणित होला । सुरूका दिनमा जुन तरिकाले बालेन सरकारले काम थालेको छ, त्यो भने दिनमा घाम लाग्छ भन्ने सन्देश दिइरहेको छ ।
राजनीतिका नौसिखाहरू धेरै छन् रास्वपामा । स्वयम् बालेन साह ३ वर्षे मेयरबाट प्रधानमन्त्री बन्नपुगेका छन् । राम्रो काम गरे भने संकटमा पुगेका पुराना दलहरू किनारामै सिमित हुनसक्नेछन् भन्ने विश्लेषण हुनथालेको छ ।