Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

देउवालाई हिन्दू हुँ भन्न १२ वर्ष लाग्यो

१७ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

नेपाल हिन्दूराज्य हो, म पनि हिन्दू नै हुँ भन्न १२ वर्ष लाग्यो। अझै उनको मुखबाट स्पष्ट रुपमा नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने शव्द निस्केको  छैन। दुईजिव्रे कुरा गरेका छन् देउवाले, धर्मनिरपेक्षता स्वीकार गरिए पनि नेपाल हिन्दूराज्य नै हो। संविधानमा के लेखिएको छ भन्ने कुरा ठूलो कुरा हौइन। ठूलो पार्टीका अध्यक्षले संविधान ठूलो कुरा होइन भन्नु गलत हो भने नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्न नसक्नु अर्को भूल हो देउवाको। 
अझै पनि जिब्रो लरबराउने? उनकै पार्टीका महासचिवदेखि नेतासम्म हिन्दूवादी छन्, देउवा?