Advertisement Banner
Advertisement Banner

०३ आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

‘अब बन्छ मेरो देश’

०३ आइतबार , जेठ २०८३एक घण्टा अगाडि

‘अब बन्छ मेरो देश’

काठमाडौं, १ जेठ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ । 
गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।
यस गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ । 
साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका “आमा म त खरानीबाट उठेर आए” प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावमा आधारित मर्मस्पर्शी गीत, “फूलको बास्ना सरी” ९प्रहरीका दुःख, भावना र जनताप्रति खटिने चाहना समेटिएको गीत लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए ।

लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
काठमाडौं, १ जेठ ।     सिन्धुली, कमलामाई नगरपालिका(९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सिराहा लहान नगरपालिका २३ बस्ने २७ वर्षीय राकेश कुमार चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले लहानबाट काठमाडौंतर्फ जाँदै गरेको म।प्र।०१(००१ ख ०६४४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका १७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका(८ बस्ने ३२ वर्षीय सुशिल कुमार राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।