
प्रम बालेन साह महेन्द्र पथमा अर्थात देशभक्तिमा काम गर्न अग्रसर भएको विश्लेषण हुनथालेको छ । यसैले लुट्न पल्केका र गणतन्त्र गणतन्त्र भन्नेहरूको सातो गएको र बालेनको उग्र बिरोध हुनथालेको छ । सांसद हर्क साङ्पाङ्ले त राजा ल्याउन खोजेको हो भने हामी पनि यलम्बरका सन्तान हौं भनिसके ।
प्रा. डा. शास्त्रदत्त पन्तका अनुसार प्रधानमन्त्री बालेन शाहले ५ वर्ष काम गर्न पाए देश कायापलट हुने दावी गरेका छन् । प्रम बालेनको काम गर्ने तरिका राजा महेन्द्रको जस्तो भन्दै पार्टीभन्दा माथि उठेर काम गरिरहेको पन्तको ठहर छ ।
प्रा.डा. जगमान गुरूङका अनुसार बालेनले जे गरिरहेका छन्, ठिक गरिरहेका छन् । देश बनाउन यतिले पुग्दैन, अझ निरंकूश हुनुपर्छ । देश र जनताले खोजेजस्तो प्रधानमन्त्री रोजेका छन् । देश बन्द भन्ने विश्वास छ मलाई ।
कानुनविद स्वागत नेपालले बालेनले संसदमा बोलेनन्, कहाँ छन् प्रधानमन्त्री भनेर चिच्याउनुको कुनै अर्थ नरहेको निष्कर्ष निकालेका छन् । बालेनलाई असफल बनाउन एमाले, कांग्रेस र माओवादीले अनेक चाल चलिरहेका छन् । बालेन छिटै पतन हुन्छन् भनिरहेका छन् ।
विश्लेषक हस्तबहादुर केसीले प्रधानमन्त्री बालेन शाहले नबोलेरै देश बनाउँछु भन्दा के को आपत्ति ? भन्छन् भने अहिलेसम्मका प्रधानमन्त्रीहरूले बढी बोलेरै देश बेहाल बनाएको बताए । कांग्रेसका नेता चन्द्र भण्डारीले बालेन शाहले सरकार छ भन्ने अनुभूति गराउन सफल भएको बताएका छन् भने केही जेनजीले आशा निराशामा परिणत भयो भन्दैछन् । जताततै काई लागेको छ, बालेन नचिप्लिउन् भन्ने खबरदारी पार्टीभित्र र बाहिर देखिदैछ ।


