Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

रवि जाज्वल्यमान, ओली चाउरिए, गगन असफल

१४ बिहिबार , जेठ २०८३१३ घण्टा अगाडि

रवि जाज्वल्यमान, ओली चाउरिए, गगन असफल

रास्वपा असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन सम्पन्न गर्न लागिपरेको छ । झट्ट हेर्दा प्रम बालेन्द्रले सभापति, सभामुखको संसदमा जान गरेको आग्रह अटेर गरेको देखिए पनि रास्वपा योजनावद्ध रूपमा सरकार चलाइरहेको बताइन्छ । प्रम बालेन्द्रले दाई संवोधन गर्ने रवि लामिछाने नै रास्वपाको सर्वसम्मत सभापति बन्ने संकेतहरू देखिएका छन् । प्रम बालेन्द्र र सभापति रवि लामिछानेलाई कसरी फुटाउने भनेर लाग्नेहरू महाधिवेशनको एकता देखेर जिल्लाराम पर्न थालेका छन् । रास्वपाले प्रविधिमाफृत जेठ ७ देखि असार ५ गतेसम्म भोटिङमेसिन तैयारीमा छ । रास्वपाका सभापति रवि लामिछाने र प्रम बालेन्द्र साहको प्रतिपक्षीले जतिसुकै संसद, सडकमा विरोध गरे पनि लोकप्रियतामा कुनै ह्रास आएको देखिदैन । यिनको ख्याति विदेशसम्म फैलिदो छ ।
एमाले सचिवालय बैठकमा व्यस्त भयो । जेठ १० गते आधारातमा सकिएको यो बैठकमा अध्यक्ष केपी ओलीको व्यापक बिरोध भयो, ओलीका सहयोगीहरूले नै साथ दिएनन् । कडा आलोचना भए पनि असार दोस्रो साता केन्द्रीय समिति बैठक गर्ने निर्णयसहित सचिवालाय बैठक सकिएको छ । देखाउनका लागि बैठक सौहार्द्रतापूर्ण भएको भनिए पनि महेश बस्नेतले अप्ठेरो परेको बेला अध्यक्षलाई साथ दिनुपर्ने बताएपछि पार्टीभित्रै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न भनिएको स्पष्ट हुन्छ । ओलीका पक्षमा रामबहादुर थापामात्र उभिएका छन् ।
नेपाली कांग्रेस सभापति गगन थापा र देउवा समूहवीच टकराव बढेको छ । गगन थापाको निर्णय अमान्य गर्दै सदस्यता अद्यावधिक नगर्ने अधियान सुदूरपश्चिम पुगिसकेको छ । सभापति गगन थापामाथि पार्टी एकढिक्को बनाउन असफल भएको आरोप लागेको छ । १५औँ महाधिवेशनप्रति विश्वास घटेको छ, पार्टी अघोषित रूपमा फुटिसकेको छ । चुनावपछि कांग्रेस हाँसको न कुखुराको चालमा देखिएको छ । नेपाली कांग्रेस न भूतो, न भविष्यति, त्यस्तो बिघटनको संघारमा छ ।