Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

स्वरोजगार कोष पार्टीका कार्यकर्तालाई

२२ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम स्थानीय निकाय नहुादा कर्मचारी र पार्टीका कार्यकर्ताको मिलोमतोमा व्यापक भ्रष्टाचार भइरहेको छ। यो कोषबाट युवा अथवा साना व्यवसायी कोही पनि लाभान्वीत हुन सकेनन्। कोषको दुरुपयोग गरे त पार्टीका कार्यकर्ताहरुले। कोषले सहकारीमार्फत कोषको परिचालन गरेको भए पनि सहकारीसमेत पार्टीका भातृसंगठनजस्ता भएकाले कोषको रकम न युवा बेरोजगारको हातसम्म पुग्यो न साना व्यवसायीको। कोषको रकम त लगानी भयो, कागजमा मात्र। कोषले १० प्रतिशत पनि स्वरोजगार हुन सकेनन्। जति कोषको रकम लगानी भएको छ, त्यो रोजगारी सिर्जनामा असफल भएको छ। जे परम्परागत रुपमा काम भइरहेका छन्, त्यसलाई देखाएर स्वरोजगारको रकम चरम हिनामिना भइरहेको छ। पार्टीहरुको दबाबकै कारण अझै पनि स्वरोजगार कोष नीति परिमार्जन गर्न तैयार देखिदैन। मालपोतका खरदारले खाएको घूस देख्न अख्तियार स्वरोजगार कोषको अरवौं दुरुपयोगका सम्बन्धमा कनि छानबिन र अनुसन्धान गर्दैन? कतै कम्युनिष्टसाग डराएर त होइन?