Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

राप्रपाभित्र बिद्रोह – तितरबितर हुँदैछ

१९ मंगलबार , जेठ २०८३१५ घण्टा अगाडि

राप्रपाभित्र बिद्रोह – तितरबितर हुँदैछ

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र धवल शमशेर जबराले पार्टी फुटाउँदैछन् । यो फुटलाई जोगाउन राप्रपाका तीन पूर्वअध्यक्षहरु पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले राप्रपाको भविष्य उज्ज्वल छ भनेर संयुक्त वक्तव्य जारी गरेका छन् । यो वक्तव्यलाई बिद्रोही समूहले पत्याएका छैनन् । यी तिनैजना र वर्तमान अध्यक्ष राजेन्द्र लिंगदेनमाथि पार्टी बनाउन नसक्नेहरु पार्टी जोगाउन अग्रसर भएको दोष लागेको छ ।
१५ जेठ २०४७ मा गठन भएको राप्रपा पटक पटक नीति, सिद्धान्त, निष्ठा गुमाउँदै आएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको मुख्य एजेण्डासहित राष्ट्रिय पार्टी बनिसकेको राप्रपा अवसरवादको झुण्ड हुँदै समाप्तिको मार्गमा देखिदैछ ।
हरेक पार्टी अध्यक्ष विवादित भए । अहिलेको राजेन्द्र लिङदेनमाथि समेत पनि अवसरवाद र नेपोटिजमको कालोधब्बा लागेको छ । राप्रपा प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल सरकारमा सहभागी भएर गणतन्त्र, संघीयताको भरिया बनेको र पार्टीभित्र विभेद, निषेध र प्रतिषोध साधेको गम्भीर आरोप लागेको छ ।