Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

Image

धवल शमशेरको अग्नि परीक्षा

शाश्वत शर्मा

२६ मंगलबार , जेठ २०८३१० घण्टा अगाडि

धवल शमशेरको अग्नि परीक्षा

एकमात्र भनिएको राजसंस्थावादी पार्टी राप्रपा फुट्यो । हुन त फागुन २१ को निर्वाचनमा रास्वपाले बम्पर जित निकालेपछि सबैजसो साना ठूला पार्टी पूmटको रोगी देखिएका छन् । तथापि गणतन्त्रवादी दलहरू भन्दा राजतन्त्र र हिन्दुवादी पार्टीहरू फुटेको, चोइटिएको बहुसंख्यक नागरिकलाई मन परेको छैन । २०४७ सालमा राप्रपा थापा र चन्द नामका दुई पार्टी खुलेका थिए। त्यसपछि यो पाटीले अनेक टुटफुटको घटना झेल्दै आएका छ् । अहिले त्यस पार्टीका बरिष्ठ नेता धवलशमशेर जबराले करीव दुईसय जना पदाधिकारी र सदस्यहरूका साथ राप््पालाई अभियन्ता दुर्गा प्रसाईसँग पार्टी खोल्ने खुलासा गरेका छन् । बुद्ध, किरात, वैदिक संस्कृति राजासहितको प्रजातन्त्र र सामाजिक न्याय सहितको रूपान्तरणका लागि भनेर गठन गरिएको नाम निर्वाचन आयोगमा दर्ता भइसकेको छैन । सनातनी राष्ट्र कायम गर्न यो नयाँ दल लागि पर्ने मुख्य कार्यक्रम राखिने भनिएको छ । जसमा राजालाई पनि अधिकार दिने कुरा हुनेछ भनिएको छ । राप्रपाले आफ्नो विधानअनुसार काम नगरेको, नेतृत्व बर्ग निरंकूश बनेको, बलमिच्याइ गरेकोजस्ता आरोप लगाएर धवल शमशेरले नयाँ पार्टी गठन गर्न लागेका हुन् । अचम्म छ, धवल शमशेर, दुर्गा प्रसाईले यो पार्टीमा ओली, देउवा, प्रचण्ड बाहेक सबैलाई स्वागत भन्ने उद्घोषण गरेका छन् ।
यो पार्टी घोषणा गर्ने कार्यक्रमपछि राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले राप्रपाका कसिंगर बढार्नुपर्ने थियो, आफै उडेर गए भन्ने टिप्पणी गरेका छन् । स्मरणीय छ, फागुन २१ को चुनावमा ज्ञानेन्द्र शाहीबाहेक कसैले चुनाव जितेनन् भने अधिकांश उमेदवारहरूको जमानतसमेत जफत भएको थियो । पार्टीका तत्कालीन महामन्त्री प्रल्हाद साहको टिप्पणी थियो, राप्रपा जमान जफत पार्टी हो ।
यसपछि गुम्सिएको असन्तुष्टि बाहिर आउन थालेको थियो ।
राप्रपाले सुरेश आचार्यलगायतलाई कारवाहीको डण्डा चलाएको थियो । पार्टीभित्रका अनेकानेक सवालहरू सार्वजनिक भएपछि राप्पाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गराउँछ भन्ने जनआशामा तुषारापात हुनपुगेको छ । घटनाक्रमले राप्रपा चरम अवशरवादी पार्टी सावित भइसकेको छ । गणतन्त्रवादी पार्टी टुट्छ, फुट्छ ठूलो कुरा होइन । राजतन्त्र र हिन्दुवादी पार्टी राप्रपा छिन्नभिन्न हुनु, अझ कमजोर भएर जानु भनेको जनआशा र विश्वासमाथिको घात हो । जनता सबैखाले राजतन्त्र र हिन्दुवादी पार्टी र व्यक्ति एक भएको देख्न चाहन्थे, हुन सकेन । राजतन्त्रत्रविरोधीहरू एक हुनसक्ने, राजतन्त्र र हिन्दुवादी फुट्नु दुर्भाग्य हो ।
राप्रपाको अनुहार कस्तो कस्तो ? गणतन्त्र विरोधी, हिन्दुराष्ट्रको पक्षधर भन्ने, संघीयता हटाउनैपर्छ भनेर नथाक्ने तर प्रदेशदेखि संघमा समेत सत्ताको भाग खोज्ने, सहभागी हुने । हिन्दुराष्ट्रका लागि आन्दोलन गर्ने, राजसंस्थाका लागि सडक तताउँछौं भन्ने तर एकदिने आन्दोलन गरेर अब वर्षालाग्यो, चाडबाड आउँछन् अनि आन्दोलन गरौंला भनेर थकाई मार्ने । अझ आनदेलनका कार्यक्रम स्थलमै प्रमुख नेताहरूका वीचमा, कतैबाट आन्दोलनका लागि आएको रकमका लागि झगडा गर्र्ने । यस्तो गाईजात्रे पाराले राप्रपाले कहिले आफ्नो घोषित नीतिलाई साकार पार्ला र ? यह िदेखेर, सुनेर पनि राप्रपाले चुनावमा जनसमर्थन पाउन नसकेको हो । जसरी हिजोका दिनमा कांग्रेसले प्रजातन्त्रका लागि र माओवादीले गणतन्त्रका लागि अडान लिएको थियो, त्यस्तो अडान कहाँ देखियो र राप्रपाको, राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि ? अब हेर्नुछ, बडो तामझामपूर्वक गठन गरिएको धवल शमशेर र दुर्गा प्रसाईको सनातनी जोडीलाई । यो जोडी पनि पुषमाघ धान्नसक्ला जस्तो लाग्दैन, विश्वास कसैलाई पनि छैन ।
त्यसो त जहाँ दुर्गा प्रसाई हुन्छन्, त्यहाँ भाँडभैलो छिटो छिटो हुनेगरेको छ । तापनि समय समयमा धेरै नै चोट खाइसकेका हुनाले प्रसाईले पनि त्यस्तो नगलान् कि ? अब बोली र व्यवहारमा संयमित होलान् कि ? हुन नहुनु अनेक घटनाक्रम भइसक्यो, धवल शमशेर र दुर्गा प्रसाईहरूलाई शुभकामा चाहिं सबैले दिऊँ । यिनीहरू घोषित सिद्धान्तमा अडिग रहुन्, संगठन बिस्तार गरून्, सफल होउन् । जसरी राजेन्द्र लिंगदेनले पार्टी सम्हाले, सुरूमा उनको निकै चुरीफुरी थियो । तर समयक्रममा राजेन्द्र र कमल थापा दुबैमा भिन्नता देखिन छाड्यो । सत्ताको चमकमा जो लहसिन्छन्, उनीहरूको राजनीति यसै गरी किनारा लाग्छ । जब राजनीति किनारा लाग्छ, त्यसपछि कसैले उनीहरूको कुरालाई गम्भीरताका साथ लिने गर्दैनन् । धवल शमशेर नयाँ मुसलमान बनेर प्याज धेरै नखाउन् । कतैबाट पैसा ल्याउन र हजम गर्नका लागि पार्टी तोडेको, खोलेको आरोप नलागोस् । यसतिर ध्यान दिन सके धवल र दुर्गा प्रसाईले केही गर्छन् कि भन्न सकिने छ ।