Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

मरेको इपीजीको साँचो किन ?

२६ मंगलबार , जेठ २०८३१० घण्टा अगाडि

मरेको इपीजीको साँचो किन ?

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनुअघि हतार हतार इपीजी समूहका नेपाली समूहका संयोजक डा.भेषबहादुर थापाले इपीजी रिपोर्टको साँचो मन्त्रीलाई बुझाएर फोटो सेसन गरे । उनले ठूला मिडियालाई बोलाएर भनेका थिए– नेपाल–भारतका प्रधानमन्त्री मिलेर इपीजी रिपोर्ट सार्वजनिक गर्न भारत सरकारसमक्ष प्रस्ताव गर्नेछ, यो रिपोर्टबारे भारत सरकारलाई मनाउने छ । झण्डै १० वर्षदेखि थन्किएको यो सामुहिक सर्वसम्मत रिपोर्ट नेपालले एकतर्फी रूपमा सार्वजनिक गर्न कुनै रोकतोक हुनेछैन । स्मरणीय छ, इपीजी समूहमा नेपालका तर्फबाट डा.भेषबहादुर थापा, निलाम्बर आचार्य, राजन भट्टराई र सूर्यनाथ उपाध्याय रहेका थिए भने भारतका तर्फबाट भगतसिंह कोसियारी, जयन्तप्रसाद र महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती ।
नेपाल–भारतवीचका समस्या के के हुन्, समाधान कसरी गर्न सकिन्छ ? भन्ने मूल उद्देश्यका साथ भारतका प्रम नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रम केपी ओलीले दशक अघि प्रबुद्ध समूह इपीजी गठन गरेका थिए । एक दशक अघि नै रिपोर्ट तैयार भएर बुझाउन खोज्दा भारतले जवाफ दिएको थिएन, आजसम्म पनि यो रिपोर्टका बारेमा भारत मौन नै रहेको छ । बुझ्ने नबुझ्ने प्रत्युत्तर दिएको छैन । तर यसपटक डा.भेषबहादुर थापाले आत्मप्रचार गरे पनि यसबारेमा परराष्ट्र मन्त्री खनालले दुबै देशका प्रधानमन्त्री राजी नभएसम्म मैले यो साँचो ताल्चा खोल्न सक्दिन भनेका छन् ।
इपीजीका एक सदस्य महेन्द्र पी लामा हुन्, जो भारतका विद्वान हुन् र उी हालै इसिमोडका सदस्य चयन भएका छन् । उनका अनुसार यो रिपोर्टमा १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने मुख्य बुँदा रहेको छ । यद्यपि रिपोर्ट तैयार भएपछि यो रिपोर्ट उत्तरी छिमेकीलाई एक सदस्यले नै बेचेको उतिबेला निकै चर्चा चलेको थियो । 
त्यसपछि कूटनीतिक र राजनीतिक बृत्तमा यो रिपोर्ट कहिले पनि सार्वजनिक हुन नसक्ने गाइँगुई सुनिएको थियो । एकाएक डा.भेषबहादुर थापाले रिपोर्टको साँचो मन्त्रीलाई बुझाएपछि यो रिपोर्टबारे जिज्ञासा बढेको हो ।