
– कांग्रेसका सांसद अर्जुन नर्सिङ केसीले सबैले बुझ्नुपर्ने विषयको उठान गरेका छन् । सबै पार्टीहरूलाई केसीको सुझाव छ– हामी अहिले आएका नयाँ शक्तीहरूलाई लखेटी रहेका छौ तर हामी आफै किन सुधार हुन सकेनौ ? नयाँ आएका शक्तिहरूलाई खेद्नुअघि आफै सच्चिन सक्नुपर्छ ।
– पूर्व मुख्य सचिव बिमल कोइरालाले प्रधानमन्त्री बालेन साहलाई नयाँ भनेको नयाँ नै हो भनेका छन् । प्रधानमन्त्री बालेन साहलाई खादामाला र तामझामको कुनै मतलव छैन । गलत परम्परा भत्काएर नयाँ राजनीतिक संस्कार बसाल्दै छन् । हेर्दा सामान्य लागे पनि यो धेरै ठूलो परिवर्तन हो । यस्तै परिवर्तनले सुशासन आउने हो ।
– पूर्व परराष्ट्र मन्त्रालयमा कार्यरत प्रशासक तथा राजदूतसमेत रहेका डा.रामभक्त ठाकुरले भनेका छन्– बालेन साह अब मधेश र नेपाको छोरो मात्र होइनन्, विश्वमै उनको चर्चा चुलिँएको छ । बालेनप्रति सबैले गर्व गर्नुपर्छ । नेपालदेखि विश्व रङ्गमञ्चमा बालेन शाहप्रति आकर्षण बढेको छ । उनले परिवर्तन ल्याउँछन्, ल्याउँछन् ।


