Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

नयाँ सुझाव पनि लेऊ

२६ मंगलबार , जेठ २०८३९ घण्टा अगाडि

नयाँ सुझाव पनि लेऊ

प्रधानमन्त्री बालेन साहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा गठन भएको संविधान संशोधन बहसपत्र तैयार हुँदैछ । राजनीतिक दल, समाजका विभिन्न तह र तप्का, आमजनताले समेत सुझाव दिने क्रम जारी छ । पुराना दलहरूले गर्छु भनेर पनि गर्न नसकेको र असफल भएर किनारामा पुगे पनि परिवर्तनको लागि जनादेशसहित आएको रास्वपाको सरकारले संविधान संशोधनको बहसपत्र तैयार गर्न धेरै अगाडि बढिसकेको छ । तर धेरैको सुझाव छ–
८ वर्ष लगाएर विश्वमै दोस्रोपटक चुनावबाट आएको संविधानसभाको संवैधानिक समितिले देशैभरिबाट संविधानमा समावेश गर्नुपर्ने सुझाव मागे पनि यसरी पोको पारेर राखिएको जनताको सुझावहरूको पोको खोलेर सार्वजनिक गर्नुपर्ने र अहिले पनि जनताको सुझाव लिएर संविधान संशोधनको बहसपत्र तैयार गर्नुपर्छ भनेर आमनागरिकले माग गरिरहेका छन् । यसतिर गम्भीर हुनुपर्ने आवश्यकता छ ।