
ए भाई १ हजुर डिलमा न हिंड्नुहोस् न लडेर नहरमा पर्नुहोला १ू( चिबे दिपकलाई चेतवानी दिंदै भने। धुँदीले बत्तिहरू जलेकोपनी राम्रो सँग देखिदैनथ्यो।
सडकमा गुडिरहेका गाडी समेत बिस्तारै गुडेका थिए।नजिकै आएपछि बल्ल देखिन्थ्यो। चिन्टा नगर्नु के दाई १ म ट यो नहरबाट कटी चोटी आरपार गरिसकेको छु।दिपकले चिबेलाई चिन्ता नगर्न भन्यो। होइन कुनैबेला पौडेको भएपनि,अहिले हजुर नसामा हुनुहुन्छ त्यसकारण डर लाग्छ।ू(चिबेले फेरी सम्झाउने प्रयास गरे तर उसले मानेन।ऊ रक्सिको मातले लड्खडाई रहेको थियो
डिसम्वरको अन्तिम तिर धेरै चिसो छ । उस्तै धुँदी परेको थियो रातीको समय उनिहरू साँझको खानपिना गरेर चिबे उसलाई कसैको डेरामा जान्छु भनेपछि मूल बाटासम्म पुराउन सँगै आएका हुन।
उनि रक्शि पिएपनि अलिक सम्लिन्थे।अनुसाशनमा रहने प्रयात्न गर्थे।उनले नहर बिभागमा आफ्नो बाबाको मृत्यु पछि नोकरी पाएकाथिए।उतिबेला सरकारले सरकारी नोकरी गर्दा गर्दै मृत्यु भयो भने उन्को श्रीमति वा छोरालाई नोकरी दिने चलन थियो।अहिले भने त्यस्तो छैन।चिबेलाई भने जसरी तसरी नोकरी लगाइदिएका थिए।नेपाली समाजको दबावमा त्यो बेला उनि जस्ता कयौं नेपालीहरूलाई नोकरी छिटपुट लगाइन्थ्यो।
चिबे एक प्रकारले सोझा ब्यक्ति हुन् छाङ्ग पनि अपच पिएको देखिएन।
हजुर जस्तो डरपोक होइन म अहिले नसामा भएपनि यो जाबो नहर तरेरै देखाइदिन्छु । हाम्फालम् ? दिपकले चिबेतर्फ हेर्दै भन्यो। होइन होइन त्यसो नगर्नुहोला, चिबेले डराउँदै भन्यो। केथाहा नयाँ रगत युवाको जोस त्यसमा पनि मदिराको मातमा ऊ जोसिएको छ।
उनि एकजना दिपक प्यूठान कोचिवाङ्गका मगर थिए ।चिबे भने रोल्पाका जुर मसिनाका पेसाले उनि सार्की थिए उनिहरूको के साइनो पर्थ्यो त्यसबारे त थाहा छैन तर उनिहरूबिच आव़त रजाव बढी हुन्थ्यो।आज डिसम्वरको २८ तारिख साँझ ९.१५को समय हो।दिपक केहीदिन यता उता हल्लेपछि आजै यहाँ आएको थियो। लौ दाइ म हाम्फालें यत्ति भन्यो र ऊ दौडिएर नहरमा झ्वाम्म हाम्फाल्यो।यस्तो चिसो मौसममा उसको यो व्यवहारले चिबे डराएर थरथर भयो अनि त्यहीबेला जीपको साइरन बज्यो प्रहरी गस्ति लगाउँदै थिए ।प्रहरीलाई देखेपछि चिबे डराए र उनि सुटुक्कै आफ्नो डेरातर्फ लागे।प्रहरीले नहरमा हाम्फालेको आवाज सुनेर टोर्च९लाइट० बाल्दै नहरमा हेरे। ऊ हात माथि गर्दै उफ्री रहेको थियो पानीमा।उसलाई देखेपछि प्रहरीले निकाल्ने प्रयात्न पनि गर्यो र बेल्ट फुकाएर उसलाई दियो पनि तर उसले निक्लिन चाहेन ऊ एकपटक बेल्ट छोपेको पनि आफैले छाड्यो र पानीभित्रै हरायो। उसको यो व्यवहारले ऊ साँच्चै भन्दा आत्महत्या गर्न चाहान्थ्यो भनेल अनुमान लगाउन सकिन्थ्यो।स्वायम प्रहरीले पनि त्यही बताएका थिए।
आर्को दिन बिहान पख चिबेले अरूलाई जानकारी गराए त्यसपछि बल्ल उसको खोजबिन सुरू भयो। प्रहरी कार्यलयमा पनि खोज तलासको निवेदन दिइयो।
सबैले नहरमा डिप्टी लगाएर खोज तलास गर्न हेडमा बसे।दिनदिनै साथिहरू आलोपालो डिप्टी लगाएका थिए । अहिले एक दुइ गर्दै ९ दिन पछि उसको लाश पानीमाथि तहरीरहेको अवस्थामा नाङ्गल ब्राञ्चमा ०५-०-(२००४ को साझँ फेला पारेका थिए। फेला पारेपछि एम्बुलैन्स मागाएका थिए।अत्यान्तै चिसोको मौसममा मानिसको लाश माथि आउन समय लाग्यो होला।
हेलो १ को बोल्नुभयो, विजयले फोन उठायो र सोध्यो।
म डेसु बोले १ हजुर छिट्टै आउनु पर्यो रुू(उताबाट डेसुले यत्ती भनेर फोन काटे। विजय आफ्नो साइकल चडेर हस्पत्तालतर्फ लाग्यो।ऊ करिव एक घन्टा पहिले घर आएको थियो।त्यहाँ कतिले डिप्टी गर्ने कतिले उन्लाई डिप्टी गर्नेहरूलाई खाना चिया नास्ताको ब्यवस्था गर्ने गर्थे।
म खानाको लागि हिंडे हजुरहरू यतै बस्नुहोला कतै लाश भेटियो भने पहिल्यैइ प्रहरीलाई जानकारी गराउनुहोला । त्यती भनेर विजय घरतिर लागेको हो।
अहिले फोन आएपछि ढिला नगरी ऊ बोलाएको ठाउमा पुग्यो।
त्यहाँ धेरै साथिहरू जुटेका थिए। ूकिन केभयो रु विजयले डेसुसँग सध्यो।डाक्टरले पोष्टमार्टम गरेन अब के गर्ने, उन्ले भने। हजुरहरूले किन यसरी गलती गर्नुभयो रु पहिले लासको मुयाना गर्छन् ।हजुरले लाश उठाएर किन ल्यायको उतै प्रहरी बोलाउनु पर्दथ्यो । अब त डाक्टरले पोष्टमार्टम कसरी गर्छ रुू(विजय उनिहरू तिर रिशाय झैं गर्यो।र डाक्टरसँग फेरी एकपटक पुग्यो।
डाक्टर साहेब हामिबाट गलति त भैहाल्यो अञ्जानमा भएको हो १ अब के गर्दा ठिक होला रुू(विजयले र बाग्ले दुबैले सोधे। हामिले प्रहरी बिनाको पोष्टमार्टम गर्न मिल्दैन तिमिहरू एकपटक ठानामा पुगेर उतै सल्ला मिलाउ र प्रहरी सँगै आएपछि हामिले पोष्टमार्टम गर्छौं। (डाक्टरले सुझाव दिए ।उनि सधै सकारत्मक विचारका ब्यक्ति हुन।समय समयमा गरिब दुखिलाई औषधी पनि दिलाउँथे।चिसो झनपछि झन बढिरहेको थियो।उस्तै रात पनि छिप्पीदैं थियो।चिसो सोरेटोले प्रहार गर्दै थियो।हात काठ्ठिएका थिए साइकलको हैण्डल छोप्न पनि गरो हुन्थ्यो।
बाग्ले र विजय दुबैजना ठानामा जाने निधो गरे।बाग्लेको डिप्टी रेष्टहाउसमा भएकोले उन्ले कुनै ठूलो आफिसरलाई यो परिआएको समश्य बताए र ठानामा फोन गर्न लगाएका थिए।उसैले ठानामा फोन गरेपछि बल्ल बाग्ले र विजय त्यहाँ पुगेका हुन।
सर नमस्ते - बाग्ले र विजयले दुबै हात जोडेर नस्ते गरे।
आच्छा तो तुम्ही हो सुरवीर १ बहुत आच्छा । मानिसलाई मारेर अनि पोष्टमार्टम गराउन अस्पत्ताल पुरायौ।
होइन सर हामिले त समाज सेवक काम गरेको आज नौ दिन भयो दिन रात लाश खोजिरहेका थ्यौँ। बाग्लेले भने।
हँ तो प्रधानजी तिमिहरू दुबैजनालाई जेलभित्र कोच्छौँ रु फेरी थाहा हुन्छ तिमिहरूलाई कुन माइकालालले जोगाउने छ।ू डि एसपी ग्रजियो।सबैका हात हातमा राईफल छन् ।सबैले नसा गरेकाछन्।कहिले विजयलाई त कहिले बाग्लेलाई बन्दुक देखाउँछन्।यस्तो उद्युम मचाउँछन् की साच्चै भर्खरै गोली नै ठोकेर मार्छन्।
ू ठूलो अवसरलाई सिफारीस गराउँछौं ,तिमिहरूलाई लाज लाग्दैनरुलाश उठाएर जहाँबाट ल्यायका हौ त्यहीँ राखेर आओ।ऊ फेरी ग्रजियो खुब कराएको छ हकारेको छ। सर अञ्जानमा गलति भयो हजुरले माफ गर्नुहोस्।कृपया सरले यतै पुलिस वेरिविकेसन् गराइदिनुहोस् सर, विजयले फेरी दुबै हात जोड्यो।गलति आफ्नै साथिहरूको छ जसले लाश उठाएर आएका छन्।
जा त्यो जहाँ त्यो दिन बसेको थियो जस्को सामुन्य यो घटना भयो ,जो जस्मदिन हो उसलाई बोलाएर ल्याउ।ूप्रहरीले आदेश दियो। विजय चिबेलाई लिन गयो। चिबे जी एकछिन जानु पर्यो प्रहरी ठानामा।ू
उनि नहर कलौनीमा चौकिदार थिए आफिसमा मस्त निन्द्रामा थिए।त्यो मात्र होइन उनि फुल नसा गरेका रहेछन् ।ू एकछिन अलि टाडा उभिएर केही सोध्यो भने भन्नुहोला नत्र चुपचाप बस्नुहोला।ू(विजयले उनलाई सम्झाई बुझाई गरेर ठानामा लिएर पुग्यो।
के काम गर्छस् रुू
सर म चौकिदारी . तेरा आँखाहरूले त नसा गरेको जस्तै देखाएको छ त ?प्रहरीले भन्यो। होइन सर यिनि कहेल्यै पिउदैनन्।जरो आएको छ उन्लाई विजयले सफाइदिंदै भन्यो।किन की प्रहरीको के थाहा उतिबेलानै डाक्टरी गराएर नोकरी हटाइदिन बेर हुँदैन।आफूहरूले जति खाएपनि अरूले खाएको त देखिसन्नन् । यो मानिस कसरी नहरमा खस्यो रु तैंले ढकलेर खासालेको हो। हजुर, ऊ नसामै थियो उसको मुखबाट निसकियो । क्या बोल रहाहै यह र? नही बताराहा है।बिचरा काफी भोला है डर गया। बाग्ले पनि बोले।
तेरो घरमा आएको महेमान हो ? उसले सोध्यो हजुर, तेरो के साइनो पर्छ ? जी खासै पर्दैन गाउँले हौं।
तिमिहरू सबैलाई जेलमा हाल्छु। डिएसपी कराएको छ उस्तै गलि गरेको छ।असाईले पञ्चनामा तैयार पार्दै छ।कराउँदै गयो आठ दश पानामा लेखेरपनि सिद्धायो।सबै काम कार्वाही गरिसकेपछि भन्यो।
चलो अब तिमिहरू अस्पत्तालमा पुगिहाल। प्रहरीले इसारा गर्दै भन्यो।
हजुर डिप्टीमा जानु बिहान छिट्टै आउनुहोला।चिबेलाई बाग्लेले पठाए बिहान त भैसकेकै थियो।चार बजिसकेको थियो।
बाग्ले र विजय अस्पत्ताल पुगे एकछिन पछि प्रहरी पनि आए र डाक्टरलाई अलौनीबाट बोलाइयो।दिपकको पोष्टमार्टम गर्यो र लाश सौंफ्यौ। अब बिहानको आठ बजिसकेको थियो।रातैभरी त्यही काममा जागा बसेका थिए।
विहान सबै सरसमान जुटाए ०६-०१-२००४का दिन उनका आफन्ती लगायत करिव ५७ जनाको उपस्थितीमा दिपकको दाँ संस्कारी गरियो।उनि मृत्युपछि पनि उन्को बारेमा उनैका आफन्तीले उनि मर्नुका अन्य कारणहरू पनि खोज तलास गरेका थिए।देख्दा उनि रक्सिको नसामा नहरमा डुबेर मरेका थिए तर उन्को त्यो आत्महत्याको अन्य कारण पनि खोज तलास गर्दा देखा परेको थियो।कतिपय कुराहरू लुकाएपछि कयौंका घरहरू भत्किदैनन् भने त्यस्ता कतिपय कुरा लुकाउनु नराम्रो होईन। कथा बस्तुले एउटा राम्रो संदेश दिन सकेको हुनुपर्छ।वास्तवमा मानिसहरू मरेर जान्छन् तर सजाय जीवित रहेका हरूले ब्यहोरेका हुन्छन्। डेसुले उक्तलाशलाई जान बुझेर प्रहरीलाई नभनि उठाउनुको कारण त्यो लाश पानीमा बगेर पञ्जाब पुगेको थियो।त्यहाँका प्रहरीसङ्ग चिनजान थिएन अलि दुःख हुन्छ की भन्ने डरले अलिक छिटो गर्न त्यहाँबाट उठाएका थिए।तर त्यो उन्को भूल थियो ।कुनैपनि लाश पुलिसको छानबिन (वेरीफिकेशन) नगरी हात लगाउनु हुँदैन।त्यसबाट धेरै पाठ सिक्न सकिन्छ। उक्त दिपकको आफ्नै गलतिबाट भएको मृत्युले धेरैलाई सङ्कटमा पुराएको थियो। युवा अवस्थामै यसरी उन्को दुखद् मृत्यु भएको घटनाले कयौं गाउँ ठाउँका र आफ्नत जनहरूमा एकप्रकारको सङ्कट आइ लागेको थियो।


