Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

बहिष्कार निधि कि भारतको?

०६ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

मंसिर ५ गते। भारतको नेशनल मिडिया फाउण्डेशनको 'नेपाल–भारत सम्बन्ध र मिडियाको भूमिका' विषयक गोष्ठीमा प्रमुख अतिथि थिए– उपप्रधानसहितका गृहमन्त्री विमलेन्द्र निधि। संविधान संशोधनको पूर्वसन्ध्यामा भारतको बिजेपी निकट यो फाउण्डेशनको कार्यक्रममा दिल्लीकै निर्देशनमा निधिले हिन्दीमा बोल्न थालेपछि उपस्थितहरुले हुटिङ गरे। मन्त्री निधिले हिन्दी सुन्न नचाहनेहरु हलबाहिर गए हुन्छ भन्ने कडा शव्द प्रयोग गरेपछि उपस्थितहरु हल बाहिर निस्किए। 
यो कार्यक्रम भारत छत्तीसगढ सरकारको आर्थिक सहयोगमा आयोजना गरिएको थियो। यो कार्यक्रममा एमालेका तर्फबाट योगश भट्टराईले यसरी तिक्तता पोखे– तिर्खाएको छिमेकीलाई पानी दिने हो, धारा बन्द गर्ने होइन। भारतका तर्फबाट दूरदर्शनका डा.ओपी यादव, फाउण्डेशनका  राजेन्द्र जैनले मन्त्री निधिको सह्राहना गरेका थिए भने हिन्दूनाच देखाएको विरोधमा माओवादी केन्द्रका नेता मातृका यादव जुरुक्कै उठेर हिडे।