Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

महाभियोग तुहिदैछ

०६ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

एमालेका अध्यक्ष केपी ओलीले महाभियोग कुनै हालतमा पास गर्छ भन्दाभन्दै सभामुख ओनसरी घर्ती आइतवार नै हप्तादिन यो एजेन्डा पर सारेर रुस भ्रमणमा हिडेकी छिन्। महाभियोग दर्ता भएको महिना दिन भइसक्यो। ५४ सांसदले बोले, बोल्नेहरुको सूची लामै छ। महाभियोग क्रियाशील हुनुभन्दा तुहिने स्थिति प्रवल बन्दै गएको सांसद नै बताउँछन्। स्मरणीय छ, संसदले लोकमान सिंह कार्की विरुद्ध महाभियोग लाग्छ कि लाग्दैन भनेर निर्क्यौल सिफारिस समितिसमेत प्रस्ताव पठाउन सकेको देखिदैन। 
कार्तिक ९ मा छलफल सुरु भयो, १६ दिनका लागि स्थगित भएर २४ गते बैठक बसे पनि २ दिनका लागि स्थगित भएको थियो भने फेरि ७ दिन स्थगित भएको छ। आइतवार नै सिफारिस पठाउने जानकारी दिए पनि सभामुख उदासीन रहिन् र रुस भ्रमणका लागि तैयारीमा जुटिन्। महाभियोग प्रस्तावले भन्दा आइतवार सांसदको तलव भत्ता विधेयकले महत्व पायो र त्यही प्रस्ताव पारित भएको घोषणा गरियो।