Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

शाशक फेरिए उन्को शासकिय स्वरूप फेरिएन

२२ सोमबार , असार २०८३४ घण्टा अगाडि

शाशक फेरिए उन्को शासकिय स्वरूप फेरिएन

छिमेकी मुलुकको उत्तरप्रदेशमा बहुजन समाज पार्टीको सरकार आएपछि धेरैले सोचेका थिए दलितहरूको उत्थान हुन्छ।खास गरेर उनिहरूले भारतका संविधानविद्य डा.भिमराव़ अंबेड्करको सम्मानमा राजनीतिक पार्टी बनाएका थिए।डा.भिमराव एउकजना दलित समुदायका हुन्। पछि काशिराम द्वारा बहुजन समाज पार्टी बनाए।
उनिहरूको लोगो वा जुनावी निशान थियो हात्थी पछि युपिमा मायावतीको सरकार आएपछि दलितको त के कति फाइदा भयो भयन तर चौक चौकमा लाखौं करडौं खर्च गरेर हात्थीका बुथहरू  बनाए ।युपि हात्थिमय भयो।
पछि बिजेपिले जित्यो अब युपिमा कमलमय छ त्यो मात्र होइन मुख्यमन्त्री जहां पुग्छन् त्यहांका नेता र समर्थकहरू भगवा बस्त्रमय देखिन्छन्।जहां पनि यो छुतको रोग सरेकै हुन्छ।अरू त अरू कम्युनिष्टका डुइटा गुट बिचमा कुरा एकताको तर भित्रभित्रै एउटाले अर्कालाई सखाफ पार्ने उनिहरूको रणनीति हुन्छ।
हाम्रो देशमा त्यही परमपराको सुरूवात भएको छ। अव राष्ट्रिय स्वतन्त्र पार्टीले निलो बस बनाउनु थालेकाछन्।विस्तारै यो छुतको रोग अरू चिजमा पनि सर्दै जान्छ।शासकहरूले देश विकास गरेका पूर्वजहरूको अनुसरण गर्न सक्दैनन्।सक्ने भए कसैले पृथ्वी नारायण शाहको अनुसरण गर्थ्यो होला,अखण्ड राष्ट्रका लागि बलिदान दिन्थ्यो होला तर  त्यो मुश्किल काम हो।
देशको ढुकुटी रित्ताएर आफ्नो पार्टीको अनुहारको छाप लगाउन खासै ठूलो कुरा होइन। उनिहरूका कतिपय व्यवहार भारतको बिजेपीसङ्ग मिल्छ।पश्चिम बङ्गालमा बिजेपीले जितेपछि विश्वका दार्शनिकहरू लेनिन,मार्क्सका शालिक ढाले,किताबहरू पोले ।
जनताले पनि सहि र गलत छुट्टाउन चांहादैनन्।कौवाले कान लग्यो भन्दिएपछि जनता कान छाम्ने तिर लाग्दैनन् उनिहरू कौवाको पछि भाग्छन्।
नेपालमा राजतन्त्रको बिरूद्धमा जनताको जित भयो उनिहरूले सबै राजाहरूका सालिक तोडे।पृथ्वी नारायण शाहलाई पनि छुट्टाएनन्।यिनि जनताहरू जस्तै अहिलेका नेताहरू बनेकाछन्।
कुनैपनि प्रसिद्ध ब्यक्तिको शालिक बनाएको खर्च राज्यले खर्चेको हुन्छ।उसको शालिक बनाउनु अघि ब्यापक छलफल गरेर ,उसको देश प्रति समाज प्रतिको योगदानको मुल्याङ्कन गरेर मात्र शालिक बनाउने छुट हुनुपर्ने।
बनिसकेका शालिकहरू राष्ट्रका ऐतिहाशिक सम्पत्ती हुनुपर्ने।हाम्रो देश लगायत अन्य कतिपय देशहरूमा लोकतन्त्रको परिभाषा नै डामाडोल छ।लोकतन्त्रमा जे गरेपनि छुट जस्तो भयो।शासकिय शक्तिको प्रयोग गलत कामका लागि प्रयोग हुनथाल्यो।यद्यपि हाम्रो लागि वा सबै देशका नागरिको लागि सबै रङ्ग बराबरनै हुन्छन् ।जुनसुकै आकार्षक रङ्ग प्रयोग गर्दा केहिपनि फरक पर्दैन।तर यहां त नियतको सवाल भयो।
पुराना बसहरूलाई निलो रङ्ले रङ्गिएर ब्यूल बस सेवा काठ माण्डौमा सञ्चालन हुने र ति महिलाहरूको लागि फ्री सेवाको व्यबस्था गरिने भनिएको छ।जस्को लागि सालाना तीन करोडको आर्थिक बोझ सरकारलाई पर्ने छ।देशैभरीका जनताहरू पसिना लुटेर काठमाण्डौ उपत्यकामा फ्री बस सेवा सञ्चालन हुने निश्चित भएको छ।यसरी उनिहरूले राजधानीबाट देश सम्पन्नसालि भएको देखाउन चाहान्छन्। त्यो पनि देशको असली अनुहार लुकाएर।जुम्ला ,हुम्ला कालिकोट लगायत देशैभरीको बाटोको अवस्था डामाडोल छ।दिनौं दुर्घटना हुन्छ कयौं अकालमै मरेका हुन्छन्।सरकारले यतातिर ध्यान् कहिले हो दिने ?
उनिहरूले जनताको ट्रेड यूनियनको अधिकार खोस्ने र मिडियामा पनि सेंसर थपेर विज्ञापनबाट बांचित गर्ने काम भएको छ। कतिपय दलहरू द्वारा भर्ति गरिएका कर्मचारीहरू घर फर्काउने र अब आफ्नै पाराले भर्ती गराउने प्रयासमा सरकार छ।जसलाई योग्यता भनेपनि उनिहरूकै आसिर्वादमा भर्तिहुने निश्चित छ। पहिले सरकारले जसरी भर्ती गरेको भएपनि उनिहरूलाई नहटाएर अब देखि योग्यताको आधारमा निश्पक्षिय भर्तीको व्यवस्था गरेको भए पनि हुनेथियो।बरू काम नगर्ने र घुसखोरहरूको छट्नी गरेको भएपनि हुनेथ्यो।
काम गर्न भर्ति हुनेहरू जरूरतमन्द नै हुन्छन्।उनिहरूलाई पनि कुनै सरकारले दया गरेर भर्ति गरेको नहुन सक्छ‌।त्यसलाई पनि बिशेष छानबिनको आवश्यकता छ। सरकारले भ्रष्टाचारलाई नियन्तरण गरेको बारे अहिलेसम्म कतै सकारत्मक रिजल्ट आएको देखिदैन। उनिहरूले गरेका वा गर्न थालेका कस्ता काम हुन त्यसको परिणाम न आउंदै केहिपनि भन्न सकिदैन। तर कतिपय ठाउमा उनिहरूले प्रतिशोधको व्यवहार गरेको देखिन्छ।
कुनै सरकार आयो उसले केही गर्यो,अर्को सरकार आयो त्यसले पछिल्लो सरकारले गरेको पलट्दियो।किन ? जनताको कर रेमिटेन्स र उनिहरूको पौरखमा खेलवाड हुन्छ ? आफ्नो लागत लगाएर गरौं।जनताले महंगीको मार झेल्नु परेको छ,देशले ऋणको बोझ उठाउनु परेको छ।तर सरकारले आफ्नो कुनियत पुरा गर्नुपरेको हुन्छ।
बालेन शाहको सरकारले एक सय दिनमा त्यो भन्दा बढी घोषणा गर्यो ,मनपरि गर्यो त्यो भन्दा बढि टहरा र घरहरू भत्कायो।कहिले सङ्घीयता अर्थात प्रदेश खारेज गर्छु भन्यो ,कहिले त्यो हामिले भनेनौं ए आईले भनेको भन्यो। यद्यपि पछिल्लो पटक प्रदेश खारेज गर्छौ भन्दै पनि हिंडेकाथिए।
तर मदेशीहरूको सामन्य बिरोध भयो उनिहरू पल्टिए।सरकारको सयदिन घोषणा र तोडफोड अथवा बिदिवङ्शमै बित्यो।त्यो मात्र होइन सरकारले महंगी बढायो सुन देखि नुन सम्म ,पेट्रोलियम पदार्थमा धेरै मूल्य व‌द्धि भयो आंशिक मूल्य घट्दा बित्तिकै माफियाहरूले बाजार कब्जा गरे।पेट्रोल पम्प बन्द गरे।सरकारले भ्रष्टाचारीलाई जेल हाल्छु भन्यो हाहाकार मच्चायो तर सबै डानहरू अहिलेपनि जेलमा देखिएनन्।प्रतिशोदको आधारमा कतिपय नेताहरूलाई छोप्ने दुख्ख दिने र छाड्ने काम भएकाछन्।
कहिले राजदरवार हत्याकाण्डका फाइल खुल्छन् ,कहिले निर्मला हत्याकाण्डका फाइल खुल्छन्।जनताले अब यो सरकारले केही गर्छ की भनेर ट्वाल परेका हुन्छन् अलिपछि जिल्ल पर्छन्।
सरकारले फिल्मि अन्दाजमा तमाशा गरेको छ।सय दिनको हामिले उनिहरूको नाटक हेर्यौं। यो नाटकका पिढित पक्ष भनेको अर्थात अचानो बनेका गरिब सुकुम्बासीहरू हुन।त्यस पछि विदेशीहरूलाई पनि देशभित्र परेड खेल्ने अवसर प्रदान गरेकै थिए। उनिहरूका बाल बालिकाको पढाई रोकियो।
उनिहरूका टहरा भत्काए उनिहरूलाई आत्महत्य गर्न बिवश बनाए।आफूहरू एल्कोरिदमको सहरामा वाएरल भए ।शोसलमिडिमा आफूले कब्जा जमाए।यहि सय दिनको उनिहरूको उपलब्दी हो।भारतमा बिजेपीको सरकारले सत्तामा आउदाबित्तिकै मिडिया माथि कब्जा जमाएको थियो।अंझ यसो भन्दा फरक नपर्ला सरकारमा आएको मिडियाबाजीबाट नै हो। उनिहरू सत्तासिन भएपछि बिपक्षहरूलाई कसरी कम्जोर गराउन सकिन्छ त्यो फर्मूला अप्नाए।उनिहरूले नोट बन्द गरे जसले गर्दा पुराना पार्टी खास गरेर कांग्रेसले लुकाएको कालो धन खरानी पर्यो। 
नेपालको शन्दर्भमा जेन्जी आन्दोलनकै समयमा उनिहरूलाई जानकारी भएअनुसार उनिहरू पुग्न सकेको ठाउंमा नोटहरूलाई खरानी पारे।देशका अधिकांस सरकारी भवन समेतामा आगो लगाय र थुप्रै आफ्ना विरूद्धका वा आफूले सुपारि लिएका अपराधीहरू तस्करहरू भूमाफियाहरूका सबुतहरू नष्ट गरे।यो काम नेपालमा भारतको बिजेपीले गरेको जस्तै बैधानिक थिएन किनकी उनिहरू यति धेरै सिट पाउने त्यो बेला कुनैपनि आस उनिहरू आफैलाई थिएन।
अहिले उनिहरूले एक पछि आर्को पोप्लीष्ट घोषणा गरेर जनताको ध्यान एक ठाउंबाट आर्को ठाउंमा लगाउने प्रयात्न गरिरहेकाछन्।जनताले उनिहरूको यो नाटक नबुझ्दासम्म यस्तै गरिरहने छन्।सरकारमा लामो समयसम्म बसिरहन अप्नाइएको यही व्यवहारले उनिहरूलाई सत्ताच्यूत गर्ने पक्का छ।

शाशकहरूले पुरानै परमपरालाई दौराउंदै सत्तामा बसिरहने प्रयास गर्छन। तर कुनैपनि शाशकिय इतिहाश अब उस्तै बन्ने छैन।उनिहरूको व्यवहारले लामो समयसम्म सरकारमा बस्न सक्ने छैनन्।किन की अब जनता राणाकालिन अवस्थाक होइनन्।राणाहरूले दमन गरेर चलाएको जस्तो अब चल्दैन। त्यो बुझेर उनिहरूले खुबै काम गरेको जस्तै अभिनय गर्दैछन्।यसरी के बुझिन्छ भने उनिहरले पनि देशका जनतालाई दमन गरेर मात्र सरकारको आयु लम्बिदैन काम पनि गर्नैपर्छ।तर काम के गर्ने त ? विकास गर्ने भिजन छैन। अब पुराना पापीहरूलाई कसरी फसाउने,कसरी जनतामा आफू  पानी माथिको ओबानो हुने ?
त्यसको लागि पुराना काण्डहरूका फाइल सबैभश्दा सस्तो लोकप्रिय हुनसक्ने उनिहरूको ठम्माई छ।त्यहि अनुसार उनिहरू अगाडी बडेका छन्। नियत उनिहरूको सत्ता जोगाउने र साम्राज्यवादको छत र छायांमा आफूलाई बलियो बनाउने जनतामा  हाउगुजी देखाऊने यत्ति हो। उनिहरूको यही व्यवहार उनिहरूको लागि पतनको कारण बन्ने प्रष्ट देखिन्छ।अहिले सय वर्ष पुग्दा नपुग्दै देखि उनिहरूको विचमै मतभेदहरू देखिंदै आएका छन्।कतिपय ठाउंमा उनिहरूको कार्यक्रमकै बिचमा झैझग्डा हात हालाहाल भएको मिडियामै छताछुल्लै भएको छ।
उनिहरूका कतिपय सांसदहरू आफैले के बोल्छन् हेक्का राख्दैनन्।अब त हुदा हुंदा मेयरको समेत बदली गराउंछौ भन्नपनि पछि परेनन्।केहीदिन पहिले काम समयमा गरेनभने ठेकेदारका हात खुट्टा भांच्ने कुरा गर्थे।अहिले मेयरको बदली गर्छु भन्छन्।यस्तै यस्तै उत्तौलो भाषा प्रयोग गर्दा पनि उनैको आयु छोटो हुनसक्छ।मेयरलाई स्थानिय  जनताले चुनेर नगर पालिकामा बसालेका हुन्छन्।के उनिहरूले संविधान उल्टेरी पढ्नथाले ? सासंद मन्त्री पद भनेको सामन्य होइन त्यंहा आफूले धेरै सोंचेर सम्झेर बुझेर मात्र बोलि प्रयोग गर्नुपर्छ।
बालेन सरकारले जतिसुकै लिपापोती गरेपनि सय दिनमा उनिहरूको आस्वासन र घोषणाहरू त उत्तिकै भएकाछन्। तर जनताले सास्ति र देशले तोडफोड सेवाय केहि पाएका छैनन्।