
२०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कार र हत्या गर्ने हत्यारा ८ वर्ष पूरा हुँदा पनि पत्ता लाग्न सकेको छैन । थरिथरिका अनुसन्धानहरू गरिएका छन्, तर निष्कर्ष निकाल्न प्रहरी सक्षम भएन ।
निर्मला पन्तको बलात्कार र हत्याको विषय विश्वभरि चासोको विषय हो । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ भन्ने जवाफ प्रहरीले दिनेगरेको छ । प्रहरीका अनुसार अहिले पनि अनुसन्धान जारी नै रहेको छ ।
नयाँ पुस्ताका बालेन्द्र साह प्रधानमन्त्री छन्, गृहमन्त्रीमा नयाँ जोश र जाँगरका साथ सुदन गुरूङ रहेका छन् । गृहमन्त्रीले जस्तोसुकै अनुसन्धान गर्नुपरे पनि निर्मला पन्तको हत्यारालाई जनसमक्ष ल्याउने र दण्ड दिने वाचा गरेका छन् । तर, न्यायको आवाज उठेको छ, न्याय स्थापित हुनसकेको छैन । आन्दोलनका क्रममा सुन्नी खुनाको समेत ज्यान गयो । डीएनए जाँच, फरक फरक रिपोर्ट र अनुसन्धान जारी रहेको भनिएको छ, गृहमन्त्री सुदन गुरूङ नतिजामा पुग्न सकेका छैनन् । विश्वभरिका प्रहरीले पक्राउ गर्न नसकेको बिकिनी किलरलाई समेत पक्राउ गरेर दण्ड दिन सक्ने नेपाल प्रहरी कहाँनेर चुकेको हो ? संशय अनेक रहेका छन् ।


