Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

ओलीविरूद्ध अखिल र पार्टी नेताहरू

१२ मंगलबार , श्रावण २०८३२१ घण्टा अगाडि

ओलीविरूद्ध अखिल र पार्टी नेताहरू

‘पार्टी पुनगर्ठनमा पूर्व अखिलहरूको भूमिका’ विषयमा भेला र छलफल गरेका पूर्व अखिलहरूले निष्कर्ष निकालेका छन्– नेतृत्वको निशर्त बिदाइ हुनुपर्छ ।
पूर्वअध्यक्ष सुजन कडरिया, नविना लामा, ठाकुर गैरे, माधव ढुंगेल, समिक बडालले पार्टीमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बिकल्प नरहेको जिकिर गरेका छन् । एमाले ऐतिहासिक संकटमा रहेको र यो संकटको निदान पुराना पुस्ताले बिदा लिएर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पेपछिमात्र सम्भव रहेको बताएका छन् । यो भेलामा पूर्वअध्यक्षहरूले भनेका छन्– नेताहरू मिलेर हात हल्लाउँदैमा अब पार्टीमा ऊर्जा आउँदैन, उहाँहरूले नेतृत्व छोडेको घोषणा गर्दा ऊर्जा आउँछ ।
भेलामा पूर्वअध्यक्षहरूले प्रचण्डको उग्र भाषणलाई खिसीट्यूरी नै गरिदिए । एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्दा ५ लाख मानिस उतार्न सकिने र एकैदिनमा राजनीतिक परिवर्तन ल्याउन सकिने भन्ने कुरामा दम छैन । युवाहरूले प्रश्न गरेका छन्– अहिले पाँच सय मानिस उतार्ने स्थिति छ ? पार्टीलाई उर्जाशील बनाउने हो भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अर्को बिकल्प छैन ।
पूर्व अखिल नेताहरूको माग छ– जे जति कमिटीहरू छन्, तिनलाई विघटन गरौं । मूल नेतृत्वले विदा लिएर आफू मूनिको नेतालाई हस्तान्तरण गरून्, एमालेले भोगेको वर्तमान संकटबाट पार्टीलाई बचाउने हो भने सदस्यहरू जाग्नुपर्छ ।
सहभागी अखिलका केही सदस्यहरूले आत्ममिमांसा गरेका छन् । एमाले युवाहरूको आत्मविश्वास गुमेको छ । पार्टीमा उत्साह भर्ने हो भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु उचित हुनेछ । युवालाई केटाकेटी ठान्दा नेतृत्वले स्वत्व गुमायो, पार्टीले संकट भोग्यो, नेतृत्वमा रहेकाहरू अभिभावक भएर बस्दा राम्रो हुनेछ । तपाईँहरूले योगदान गर्न बाँकी केही छैन, पाउन पनि केही बाँकी छैन ।
चर्चित नेतृ उषाकिरण तिम्सेनाले अध्यक्ष केपी ओलीको बिदाइ निशर्त हुनुपर्छ । ग्रेसफूल एक्जिटको कुरा बाँकी छैन । मोती विश्वकर्मालगायतका केही युवाले विगतमा झैं यसपटक पनि पार्टीले गरेको गल्ती सच्याउन अखिल अगाडि सर्नुपरेको छ, एमालेलाई जसरी पनि प्रभावशाली बनाएरै छाड्छौं ।