Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

बिरोधीसँग काम लिन नेहरुजस्तै ट्रम्प तैयार

१३ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

बिरोधी भनेपछि खोइरो खन्नैपर्ने, भित्तै पुर्‍याएर दपेटनुपर्ने र अर्काको नचाहिने सिको तत्काल सिकिहाल्नुपर्ने नेपाली राजनीतिक नेताहरका लागि १९४७ र २०१६ का दुई उदाहरण जान्नैपर्ने घटनाक्रम हुन्। आफ्नै पार्टीभित्र गुट खडा गर्ने र लुट मच्चाउने नेपालले यी दुई उदाहरणबाट शिक्षा लिए भने पार्टी साधनमात्र हो, साध्य त राष्ट्र रहेछ भन्ने सिख लिनसक्छन्। 
१९४७ मा भारत स्वतन्त्र भयो र प्रधानमन्त्री बने जवाहरलाल नेहरु। नेहरु अंग्रेजका होनहार सचिव भएर काम गरेका गिरिजाशंकर बाजपेयीको घरैमा ढोका ढकढक्याउन पुगे। अंग्रेजको सहयोगी बनेर काम गरेका गिरिजाशंकर बाजपेयीको सातोपुत्लो उड्यो, उनी कालोनिलो भए। अव सजाय पाइने भइयो, जेलको यातना खप्नुपर्ने भयो भन्ठाने। यद्यपि उनले नेहरुलाई भित्र आउन शिष्टाचार देखाए। स्वागत गरे र आउनुको कारण सोधे। 
नेहरु भित्र पस्दापस्तै भन्नथाले– गिरिजाशंकर, अंग्रेजका बहुत सेवा किया, अव भारतका सेवा करो। चलो हमारे साथ भारतके सेवाके लिए। गिरिजाशंकर अवाक भए। नेहरुले आफ्नो सहायक भएर काम गर्न आग्रह गरेको सुनेपछि जवाफ दिए, जैसी आपकी इच्छा। यो हो राजनेताको, स्वाधीता र स्वाभिमानी नेतृत्वको पहिचान। देशप्रेम यस्तो हुन्छ। 
अमेरिकामा राष्ट्रपति चुनाव जितेका तर पदभार ग्रहण नगरिसकेका ट्रम्पले राजनेताको परिचय दिन सुरु गरिसके। यद्यपि उनी राजनीतिज्ञ मानिदैनन्, व्यापारी ठानिन्छन्। चुनावका बेलामा उनले धुवााधार गालीगलौजमात्र गरेनन्, कालाजातिको अपमान गरे, आप्रवासीलाई निकाल्ने र मेक्सिकोको सीमामा आफ्नै पैसाले पर्खाल ठड्याएर अपराध घुस्न नदिने प्रणसमेत गरेका थिए। तर, उनले चुनाव जिते र आफूलाई राजनेताको सााचोमा ढाल्न थालिसके। उनले मासिक १ डलरमात्र राष्ट्रिय ढुकटीबाट तलव लिने र सबैको सहयोगमा चल्ने घोषणा समेत गरेका छन्। 
र, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले 'सबै मिलेर अमेरिका बनाउन' आह्वान गरेका छन्। उनले आफ्ना कट्टर आलोचक क्यारोलिनाकी गभर्नर निक्की हेलीलाई राष्ट्रसंघका लागि अमेरिकी राजदूत र बेट्सी डिभोसलाई शिक्षामन्त्री मनोनित गरिसके। ट्रम्पको पार्टी रिपव्लिकनले दुबै सदनमा बहुमत ल्याएको छ। विरोधीलाई लतारेर हिड्नसक्छन् उनी। तानाशाही चलाउन सक्छन् तर ट्रम्पले बुद्धिमानी देखाए, विरोधीसाग मिलेर राष्ट्र बनाउने आफ्नो प्रतिवद्धताको परिचय दिएका छन्। आफूलाई हराउन विशेष भूमिका खेलेका विरोधीलाई देश बनाउने, चलाउने संयन्त्रका रुपमा स्वागत गर्नु, यस्तो हुन्छ नेतृत्व भनेको। सवल नेतृत्वले जहिले पनि योग्यता र सक्षमताको आदर र कदर गर्छ। यी दुई विरोधीले पनि ट्रम्पको मनोनयन स्वीकार गरिसके। 
निक्की रान्धवा नाम सहित भारतीय शिख परिवारमा जन्मिएकी, सन्तोष प्रकट गरेकी छिन्। 
शिक्षामन्त्रीका रुपमा नियुक्त डिभोसले आफुलाई सम्मानीत महसुस गरेको बताएकी छन्। वीवीसीका अनुसार राष्ट्रपति उम्मेदवार मनोनयनका लागि पार्टीभित्रको प्रारम्भिक चुनाव अफ्रिकी अमेरिकी पूर्व चिकित्सक बेन कार्सनलाई ट्रम्पले आवास तथा शहरी विकास मन्त्रालयको जिम्मा बताइसके।