Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सर्वोच्चको निस्साले के गर्ला ?

२६ मंगलबार , श्रावण २०८३४ घण्टा अगाडि

सर्वोच्चको निस्साले के गर्ला ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा रगतपच्छे भएपछि उपचारका लागि सिंगापुर, हङकङ, थाइलेण्डतिर लागेका थिए । लामो समयको कथित उपचारपछि देउवा २८ गते थाई एयरबाट दिउँसो नेपाल आइपुग्ने र देउवापक्षले भव्य स्वागत गर्ने योजना रहेको पूर्णबहादुर खड्काले बताएका छन् । विशेष अधिवेशनबाट सभापति बनेका गगन थापालाई निर्वाचन आयोगले मान्यता दिएपछि अदालतले समेत स्वीकार गरेको थियो । तर देउवा पक्षका पूर्णबहादुर खड्काले दोपा निवेदन दिएपछि मुद्दा पुनरावलोकन हुने निस्सा देउवापक्षले पाएको छ ।
देउवा र गगन थापा पक्षवीच एकताका विषयमा खोचे थापी थापी लामो समयदेखि विवाद हुँदै आएको छ र दुबै पक्षका अलग अलग सम्पर्क कार्यालय छन् र दुई पार्टीका रूपमा रहेका छन् ।
गगन थापा भन्छन्– तर्साएर तर्सिन्न, फकाएर फकिन्न, विधानको सीमाभित्रै बसेर सबैलाई जोड्छु ।
पूर्णबहादुर खड्का भन्छन्– कांग्रेस एकताका लागि निर्णायक अग्रसरता लिन सभापति थापा तैयार हुनुपर्छ । कांग्रेसका पूर्वउपसभापति हुन् पूर्णबहादुर खड्का । उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादका कारण देखिएको विभाजन र ध्रुवीकरण अन्त्य गर्दै पार्टी एकताका लागि सभापति गगनकुमार थापा तैयार हुनुपर्छ । गगन थापाका सामु देउवा समूहले अनेक सर्तहरू राखेका छन् । तथापि खड्काले देशको राष्ट्रियता अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको तथा लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै कांग्रेसको सम्पूर्ण एकता नै पहिलो आवश्यकता बताएका छन् ।
र, कांग्रेस इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको स्वीकार गरेका छन् । खड्काले पार्टी एकताका लागि अस्वाभाविक महत्त्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठा त्याग्न आग्रह गरेका छन् ।
गगन समूह असोजमा १५औं महाधिवेशन गर्ने तैयारीमा छ । यो महाधिवेशनमा सबैलाई जोडेर लैजाने हो, नेताहरूप्रति ठूलो सम्मान छ, सबैलाई जोड्न संवाद भइरहेको छ । साथै गगनले भनेका छन्– विशेष महाधिवेशनबारे अदालतमा मुद्दा रहेको छ, लडिन्छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले विशेष महाधिवेशनबारेको फैसला पुनरावलोकनको लागि दिएको निस्सा टुट, फुट र गुटका रूपमा रहेको र कमजोर भइसकेको कांग्रेस पार्टीको एकताका लागि अन्तिम अवसर हो । देउवा र गगन थापा समूहवीचको मतभिन्नताको पहिले नै जोरफोर भएर एकता हुने हो अथवा अदालतले नै फैसला गर्नुपर्ने हो ? चिन्ता देखिन्छ । गगन र देउवा समूह दुबै निर्णाक हुन्, एकले अर्कोलाई देखाइरहेका छन् । केन्द्रदेखि पालिका र भातृ र शुभेच्छुक संस्थाहरू सबै यतिबेला सचेत र सकृय देखिएका छन् ।
दुबै खेमामा राष्ट्र रहे बहुदलीय लोकतन्त्र, पार्टी र त्यसमा आफूहरूको अस्तित्व रहने र पार्टी फुटे केही बाँकी नरहने एकदोस्रालाई चेतावनी दिइरहेछन् ।
देउवा र गगन पक्ष एकदोस्रालाई गलाउन न्वारानदेखिको बल लगइरहेका छन् । कांग्रेसी नै भन्छन्– स्थिति भाले भिडन्तजस्तो छ । वर्तमान स्थिति हेर्दा दुबै पक्ष गल्न होइन, गलाउन प्रयास गर्दैछन् । देउवा स्वदेश फर्केपछि कांग्रेसी विवादमा फाइनल जोरफोर हुने स्थिति देखिदैछ ।