
देउवा समूहको भेला, भेलालाई सम्मेलनको स्वरूप दिएपछिको निष्कर्ष छ– सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने, यसका लागि शशांक कोइरालाई संयोजक तोकिएको छ । अदालतको फैसला कहिले आउने र आधिकारिकता प्राप्त हुने ? प्रश्नका वीच संस्थापनका सभापति गगन थापा समूहलाई अन्यायी सावित गर्न वीपीका अनुयायी देउवाको नेतृत्व र वीपी पुत्र शशांकको संस्थापन इतरको महाधिवेशनको संयोजक हुनु वीपी नीति विपरित भएको विश्लेषण भइरहेको छ । धेरैले यो स्थितिलाई कांग्रेसभित्र अर्को नाटक मञ्चन र कर्मकाण्ड सुरू भएको अर्थमा पनि हेरेका छन् ।
देउवा समूहको सम्मेलनले ५ निर्णय गरेको छ– १. देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने, पार्टी एकतावद्ध पार्ने । २. मेलकिलापको नीतिलाई ध्यानमा राखेर लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी लोकतन्त्र सुदृढ पार्ने, ३. सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने, ४. वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न सबैसँग संवाद गर्ने र ५. २०८३ साउन ३० र ३१ गते भएको राष्ट्रिय सम्मेलनको लेख्ने जिम्मेवारी उमाकान्त चौधरी, सीता राना, मीन विश्वकर्मा र दीपक कुइँकेललाई दिने ।


