
जेनजी आन्दोलनका बेलामा जनताबाट कुटाई खाएर रगताम्मे बनेका पूर्वप्रम तथा कांग्रेसका पूर्व सभापति देउवा परिवारसहित उपचारका नाममा हङकङ, सिंगापुर गए पनि उनको सत्ता र शक्तिको भोक अझै मरेको देखिएन । ५ महिनापछि उनी फर्केर स्वदेश आए र उनले हुँकार गरे– राजा ज्ञानेन्द्रले त सकेनन्, कसले के गर्छ ? त्यसपछि कांग्रेसको इतरपक्षको नेतृत्व गर्दै भेलामा सहभागी भए, त्यही भेलाको अन्तिम दिन देउवाले भने– म हिन्दु हुँ । मन्दिर जान्छु, पूजा गर्छु भन्दै उनले बालेन सरकारलाई चुनौती दिएका हुन् ।
तर भयभित मुहारमा देखिएका ५ पल्ट प्रधानमन्त्री भइसकेका देउवाका पत्नी डा.आरजु राणा र छोरा जयवीर विदेशमै छन् । देउवा परिवारको यतिधेरै सम्पत्ति देखिएको छ कि सम्पत्ति शुद्धीकरणमा उनले क्लिनचिट लिनैपर्ने छ । देउवा परिवारकै नाममा पहिले रेडकर्नर नोटिस जारी गर्ने प्रयत्न भएको थियो, त्यसपछि तिनै जनाका नाममा हाजिर हुन आउन सम्पत्ति शुद्धीकरणको पूजी पनि गइसकेको छ । आगामी दिन देउवा परिवारका लागि कानुन कहर बन्ने स्थिति देखिन्छ ।


