
कसैले कुनै कुरामा आस्था राख्नुलाई अस्वभाविक भन्न सकिदैन । त्यो धर्म होस् वा राजनीति होस् । कसैले पनि कसैलाई अनावश्याक लाद्न भने पाइदैन । विचारधारा कस्तो छ त्यो ब्यक्तिबाट प्रस्फुटन भएर बाहिर नआउँदासम्म त्यो उसको नितान्त ब्यक्तिगत हुन्छ । त्यो बाहिर आयो भने उसको मात्र रहंदैन ।
विचार आफूबाट बाहिर निस्कियो भने त्यो सामाजिक बनेको हुन्छ । त्यसलाई सामाजिक भयो भनेर मोहर लगाउनु पर्दैन ।त्यो अटोमेटिक सामाजिक बनिसकेको हुन्छ ।हाम्रो विचार ठिक छ वा वेठिक त्यो अब समाजले मुल्याङ्कन गर्ने छ । पाप, धर्म र संस्कारको बारेमा दिएको आ आफ्नो मत पनि छलफल हुन्छ । यद्यपि मुल्याङ्कन् सकारत्मक र नकारत्मक दुबै आउनसक्छन् । कयौं वर्ष पछि विचारको सही मुल्याङ्कन् भएको पनि देखिन्छ ।
धर्म कुन मान्ने ?, मान्ने नमान्ने ? त्यो नितान्त ब्यक्तिगत विचार हो । धर्म भन्दा बित्तिकै मानिसले पुजा पाठ सम्झिनछन् तर पुजा गर्नु धर्म होइन र त्यो मानिसको परमपरा पनि होइन । त्यो सामाजमा बिभिन्न समुदायद्वारा अप्नाएको एक प्रकारको आस्था हो, संस्कार हो ।
उनिहरूले पुजा लगाउनु, लक्षबत्ती जलाउनु, मन्दीर निर्माण गर्नु जस्ता बिभिन्न कृर्यकलाप गर्दै आएका छन् जो समूहगतरूपमा परमपराको रूप लिएको छ । यसबारेमा लगातार अध्यायन अनुसन्धान् र छलफल चल्दै पनि आएको छ । वेला वेलामा समाजले गलत वा सहि निर्णय गर्दै पनि आएको छ ।जसलाई वेलाबखतमा परिमार्जीत पनि यही समाजले गरेको हुन्छ । आदिम साम्मेवाद अर्थात कविला युग देखि वर्तमान वैज्ञानिक युगसम्म आइपुग्दा थुप्रै तिता मिठा सकारत्मक नकारत्मक अनुभव सङ्कलन गर्दै आएको छ ।
संसारमा मानिसहरू एकै हुन् तर यिनै मानिसरू जातीय, भाषा र क्षेत्रको आधारमा बिभिन्न तहमा बिभाजित गरेका छन् । कुनैपनि धर्मले कुनै मानिसमा बिभेद गर्दैन । मानिसहरू आफैले बनाएको धर्मले पनि मानवतालाई सर्वोपरि सैद्धान्तिक रूपमा राखेको हुन्छ । चाहे त्यो हिन्दू, मुस्लिम, इसाई, बौद्धिष्ट जे सुकै धर्ममा आस्था राखेपनि उनिहरूको उदेश्य मानववादी नै हुन्छ । मानिसहरूको मर्म बुझेर सर्वधर्म अगाडी बढेको हुन्छ । धर्मको अर्को र असली परिभाषा हो मानव धर्म ।मानिसहरूले सकेसम्म मानव हितमा कार्य गर्छन् र गर्नुपर्दछ ।
अब हामिले बुझ्ने केहो भने धर्म र पाप भनेको मानविय दृष्टीकोण हो । कसैभित्र सहयोगि भावना छ भने हामीले उसलाई धार्मिक भन्न मिल्छ । यदि कसैको दृष्टीकोण लुटेर शोषण गरेर खाने छ भने त्यो वास्तविक पापी नै हो ।
पाप र धर्म एउटै मानिसभित्रका दुइ पाटाहरू हुन । हाम्रो समाजले धर्मको परिभाषालाई उल्टाइदिएको छ । जसले मन्दिरमा पुगेर पुजा गर्छ, विश्वका मठ मन्द्री वा जुनसुकै धार्मिक स्थानहरूमा पुग्छ त्यसलाई धार्मिक भनिन्छ । हामीजस्ता श्रमजीवीहरू दान पुन्य र तिर्थ गर्न सकिदैन । त्यसकारण हामी पापी बन्नु पर्यो, नास्तिक बन्नु पर्यो । पाखण्डीलाई धर्मात्मा मान्नु पर्यो ! कुनै पनि यस्ता धर्मस्थानहरू मानिसले नै निर्माण गरेको हो, कुनैपनि मूर्ती मानिसले बनाएको हो । ठूला ठूला धार्मिक ग्रन्थहरूका निर्माता मानिस नै हुन ।
कुनैपनि देशभित्र बिभिन्न समुदायहरू बस्नसक्छन् त्यसको अर्थ देशलाई धर्म निर्पक्ष बनाउनै पर्छ । यसरी बिभिन्न धर्ममा आस्था राख्नेहरूको सम्मान हुनसक्छ ।एउटा देशमा एउटै धर्मका मानिसहरू हुन सकिदैन । राष्ट्र भनेको बिभिद जात धर्म र भाषाको समरक्षित् संस्था हो । हाम्रै देशमा पनि सयौं जात जाती, भाषा धर्म बिद्यमान छन् ।
भारतमा हिन्दुमात्र अटाउने उदेश्यले मुस्लिमहरूलाई पाकिस्थान् बनाए । भयो के भने भारतलाई संविधानमा धर्म निरपक्ष बनाउनै पर्यो । उनिहरूले आज जनतालाई उल्लु बनाएर शासन गर्दैछन् । उनिहरू हिंदू सङ्ग हुन्दोस्तान बनाउछौं भन्छन्, मुसल्मानको बहुमत भएको ठाउँमा धर्मनिर्पक्षका कुरा गर्छन् ।
हिन्दू बसेको ठाउँमा गाईको गोबर र गौमूत्र खान्छन् तर कयौं ठाउमा बिफको कारोबार गर्छन् । उनिहरूले खास गरेर बिजेपीले सत्ताको बाहिर खुब हिन्दुत्वको वकालत गर्यो तर देशलाई हिन्दू राज्य घोषणा गर्न सक्दैन ।
कसैले पनि धर्मलाई राजनीतिभित्र घुसाउन खोज्यो भने त्यो लामो समयसम्म टिक्न सक्दैन । कसैले जानी नजानी पाप नै गरिरहेको हुन्छ ।त्यो मात्र होइन त्यो देशभित्र धर्म युद्ध सुरू हुनसक्छ जो दिर्घाकालिन प्रकारको हुनसक्छ । धर्म युद्धले धर्मको मात्र नाश गर्दैन उसले आफ्नो राष्ट्रको नै सत्यनाश गर्छ । सयौं वर्ष यस्तो युद्ध रोकिदैन ।
हामीले बुझ्नै पर्ने बिषय हो राजनीति र धर्म दुबै समाजलाई चलाउने महत्वपूर्ण पक्ष हुन । यी दुईको उदेश्य र कार्य क्षेत्र भिन्दा भिन्दै छन् । धर्म मानिसको ब्यक्तिगत आस्था मात्र हो । जो नैतिकता र आत्मिक शान्तिसङ्ग जोडिएको हुन्छ । राजनीति राज्यको नीति, कानुन र शासनप्रणालीसङ्ग सम्बन्धित हुन्छ । धर्मको राजनीति होइन बरू राजनीतिको धर्म, नैतिकता र कर्तव्य हुनुपर्छ ।
आज संसारभरिमा अर्थात पृथ्वीमा करिब ८७ लाख जीव प्रजातीहरू देखिन्छन् । भनिन्छ जसलाई १२ देखि १५ लाखसम्मका प्रजातिहरूको वर्गियकृत गरिएको छ । यी मध्य स्तानधारी जम्मा ६,५०० छन् । त्यस मध्यको पनि चेतनसिल प्राणी भनेको मानिस हो । तर मानिस धर्म भन्दा पढी पाप गर्छ ।
मानिसहरूले धर्मकै नाउँमा पनि भयानक पाप गरिरहेका हुन्छन् । त्यस्तो खाले कुसंस्कारलाई चिर्न कति कठिन हुदो रहेछ । समाजमा बली दिने प्रचलन् थियो । जो अहिलेपनि धर्मको बहाना बनाएर पसु पन्छीको बलि चढाएका हुन्छन् । यो उनिहरूले गरेको महान धर्म भनेर बखान गर्दै आएको हामिले देख्छौं ।त्यो महान पापलाई धर्मको पगरी गुथाएर वास्तवमै धर्म बन्दैन ।
मानिस मानिस बिचको बिभेदले आजपनि मानिसको पोल खोलेको छ, मानिसहरूले गरेको धर्मको नाममा हत्याले मानिसहरू नाङ्गिएका छन् । यो चराचर जगतमा मानिसले गरेको महान पाप हो वा उनिहरूले गर्ने धर्म अन्जानमा भएको भुल हो भने समयमै परिमार्जित गरेर भुल सुधार गर्नु मानव विवेकको पाटो हो । त्यसो गर्न वेहिचकिच अगाडी बढ्नु पर्छ ।
बिडम्बना कुरिती र कुसंस्कार हटाउनुको साटो त्यसैमा राजनीति गर्न थालेकाछन् । कसैले क्षेत्रको नाममा,कसैले जातिको नाममा त कसैले धर्मको नाममा राजनीति गरेको देखिन्छ । जतिसुको पढेपनि प्राकृति समाजको अध्ययन् गरेपनि मानव समाजको यो विवेक हिन अवस्था हो । राजनीति त राष्ट्रियता र जनताको हितमा हुनुपर्ने हो । अनुसाशित र नैतिकवान बनेर देश रजनताको हितमा पक्ष विपक्षको मैत्रिपूर्ण छलफल र निर्णय गर्नुपर्ने हो । आजको राजनीति विपक्षमा तरवार चलाएर उनिहरूका विचार माथि निर्मम् दमन गरेर विपक्षलाई दुश्मन् सरह व्यवहार गरेर आफ्नो मनपरि गरेका छन् । यो ठूला भनौदा दलहरूले पनि गरेका थिए । अहिलेका नयाँ नेताहरूको व्यवहार पनि उस्तै छ ।
पुजिवादी गणतन्त्रको सर्वोच्च संस्था भनेको संसद हो । राजनैतिक दलहरूले संसदको गरिमालाई लत्ताउदै फोहोर थुपार्ने डस्टबिन बनाई दिएका छन् । जहा देशको रक्षा, विकास गर्ने र जनताको सेवा गर्ने योजनाहरू पारित गर्ने ठाउ नियम कानुन बनाउने ठाउ आज अविस्वासिलो भयो । संसदभित्र आज देश कसरी विदेशी बजारमा लिलाम गर्ने र विदेशबाट पुजि ल्याएर आफू र आसेपासेलाई खुसि पार्ने योजना बनाइन्छ । देशमा राजनीति गर्नेहरू सर्वप्रथम देशभक्त हुनुपर्छ । देशलाई कसरी फाइदा पुगाउँछ यी यावत बिषयमा केन्द्रीत रहेर राजनीति गर्नुपर्छ । जनताले देशको विकास र जनता स्वतन्त्रता चाहान्छन् । कुनै पनि ब्यक्ति फेरी कुनै जात, धर्म, क्षेत्रको लागि होइन सिङ्गो देश र गणतन्त्रको रक्षाको लागि अबिचलित हुनुपर्छ । मौका परस्तहरू देशको भयाभव अवस्थाबाट फाइदा उठाएर अनावश्याक रूपमा जनतालाई गुमराह वा गन्तव्यहिन बनाउन तल्लिन छन् ।
जब राजनीतिलाई पेसा बनाउन थालियो त्यो राजनीति रहेन । जनतालाई ठग्ने माध्यम बन्नपुग्यो । प्रायजसो भ्रष्टाचार लुकाउने अखडा राजनीतिलाई बनाउन थालिएको छ । यो विज्ञानको युगमा पनि धर्मको नाममा राजनीति गर्दा द्वन्द्व बढाएको छ ।


