
राप्रपाबाट चोइटिएको धवलशमशेर जबरा चोइटोले जय नेपाल पार्टी खोलेर राजसंस्थाको पक्षमा मुलुकभर हस्ताक्षर अभियान चलाएर जनमतको सर्भेक्षण गर्ने बताएको छ । हिन्दुराष्ट्र र राजसंस्था चाहिन्छ चाहिन्छ भनेर थालिएको हस्ताक्षर अभियान जारी छ । थरि थरिका राजतन्त्रवादीहरू थाकेर ओइलाएको समयमा धवशमशेर सकृय भएका हुन् । नेपालीले बुझिसकेका छन् कि यस्ता सर्भेक्षण, हस्ताक्षर अभियान, शान्तिपूर्ण आन्दोलन, धर्ना, ¥याली आदिले केही लछारपाटो लगाउँदैन । भूराजनीति जोडिएको यी दुई प्रश्नमा ३ करोड नेपालीले समर्थन दिए पनि राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना हुन गाह्रो छ । नूनदेखि सूनसम्मका लागि दाताहरूको भर पर्ने हामी दाताहरूको यस विषयमा समर्थन हुन जरूरी भनेर सबैले बुझेका छन् । २०६५ सालमै पनि राजसंस्थाको बिस्थापनमा नेपालीको समर्थन थिएन, अवैध तरिकाले गणतन्त्र कार्यान्वयन भएकै हो । २०६३ को आन्दोलनमा सात राजनीतकि दलहरूले बाहिरी दाताहरूबाट साधनस्रोत चलाएकै हुन् । कमल थापाका अनुसार ८० करोड हात थापेर राजतन्त्रविरूद्ध त्यतिबेला आन्दोलन गरिएको थियो । यसकारण राजतन्त्र र हिन्दुराष्ट्रको बिस्थापन नेपालीले गरेका होइनन्, पुनस्र्थापना पनि नेपालीबाट सम्भव छैन । नेपाली जनता निर्णायक हुनेथिए भने धेरै पहिले नै पुनस्र्थापना भइसक्थ्यो । त्यसैले हस्ताक्षर अभियान, सर्भेक्षण राजनीतिक खपतका लागि मात्र हो ।
राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्न जेनजी बिद्रोहजस्तो बिद्रोह जरूरी छ । त्यति चर्को बिरोध नभएसम्म कुनै पनि परिवर्तन सम्भव नै छैन । अहिलेसम्म धेरैथरिका आन्दोलन भए, सबै पानीको फोका सरह उठे, फुटेर गए । थरिथरिका आन्दोलन, ¥यालीमा पूर्व तैयारी पनि थिएन, बाह्य शक्तिको समर्थन पनि थिएन, यसकारण कुनै पनि आन्दोलनले नतिजा दिन सकेन । स्मरणीय छ, दुर्गा प्रसाईले भारतको आरएसएससँग अनुमति लिएर हिन्दुधर्म पुनस्र्थापना गर्न आन्दोलन गरेकै हुन् । सफल हुनसकेनन् । नेपालमा जातीय, धार्मिक, पेशागत दंगा, आन्दोलन बेला बेलामा भइरहेकै छन्, राजनीतिक रङ् ल्याउन सकेनन् । अचम्म त के छ भने जब राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा आन्दोलन हुन्छ, बिद्रोह सुरू हुन्छ, एकाएक त्यो दुई दिन पनि टिक्दैन । किनभने त्यस्ता आन्दोलनमा विदेशी साधनस्रोतको उपयोग भएको हुँदैन, त्यसैले सफल पनि हुँदैन । जब सत्तालाई एजेण्डा सुनाएर भीडलाई सडकमा उतारिन्छ, तब आन्दोलन परिणाम छेउछाउ पुग्छ । विदेशीहरूले नेपालको राजनीतिक बृत्तमा गरेको यही हो र उनीहरू सफल पनि हुँदै गएका हुन् ।
अन्य मुलुकहरूमा परिवर्तनमा जनचाहना मुख्य सवाल हुन्छ । नेपालका सन्दर्भमा विदेशी चाहना अनुसार मात्र हुनेगरेको छ । राजनीतिक दलहरू जनताभन्दा विदेशमुखी भएकाले यसो भएको हो । यसकारण धवल शमशेरको जय नेपाल पार्टीले थालेको हस्ताक्षर अभियान र सर्भेक्षणले तात्वीक नतिजा केही दिनेछैन । रिपोर्टलाई सिरानमा हालेर सुत्ने र आत्मरति गर्ने बाहेक यसबाट केही हुनेवाला छैन । सक्ने भए धवल शमेशेरले राप्रपामा बसेरै परिवर्तन ल्याउनसक्थे । चोइटिएर उनले दिने भनेको केही राजनीतिक हल्लाखल्ला भन्दा बढी के होला र ?
यसकारण भन्नैपर्छ, जन्मदै विवाद लिएर जन्मेको र दुर्गा प्रसाईसँग एक भएर एक्लिदै खोजेको जय नेपाल पार्टीको शक्ति आउने दिनमा देखिएला नै । विश्लेषकहरू भन्छन्, दर्जनौ पार्टीका वीभच यो पनि एउटा पार्टी हो, बाक्ी केही होइन । यो पार्टिले नेपाली जनजनबाट कुनै समर्थन पाउने छाँट पनि देखिदैन । हुनसक्छ, जेनजी बिद्रोहपछि पुराना दलहरू अब छोटिदै जाने र राप्रपा पनि घोषित नीतिबाट ढुलमुल भएको हुनाले यो नयाँ जनेपले मौका छोप्न सक्छ भन्ने आँकलन गरिएको होला । तर फेरि पनि भन्नुपर्ने हुन्छ, रास्वपाको भर्खर भएको उदयका कारण त्यो सम्भव नै देखिदैन । फेरि धवशमशेरहरूलेदक्षिणको कुनै एक संस्थाको मात्र साथ पाएर, लिएर अहिले नै दिउँसै सपना देख्नु ठिक पनि होइन । नेपालमा धेरै खेलाडीहरू विद्यमान छन् । अरू त कुनै छाडौं, यहाँका सम्पूर्ण राजनीतिक दलहरूले चाहेर पनि सम्भव छैन । देउवाले हिन्दुकार्ड खेलेर एकछिन रमाइलो देखाए । त्यो सधैं टिक्छ भन्ने छैन । मुख्य कुरा कांग्रेसले र देउवाले नया दल दर्ता गरे भने ती दुबैमा हिन्द र राजाको मुद्दा समेट्न सक्नुपर्छ । विधानमा नै । एमाले र नेकपा अनि अरू मधेशवादी दल र स्वयं रास्वपा त अझै परको कुरा भयो । दाताहरूको इच्छा र चाहना अनि मात्र राजा र हिन्दुराष्ट्रको कुरा आउँछ । बाह्य दबाब र प्रभावमा परेकाहरूले त्यस्तो गर्लान् भनेजस्तो लाग्दैन । जनेपा पनि पार्टीहरूको भीडवीचको अर्को पार्टीमात्र हो । राप्रपाको झड्केलो । जनेपा प्रयास गरोस्, परिणाम भूराजनीतिले देला ?


