Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

बाबुराम नयाँ इनिङ

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

मधेसलाई मिलाएर अघि बढ्दै बाबुराम यता प्रचण्ड ३९३ सांसद गनेर संविधान संशोधन गर्न चाहिने ५९६ मा ३९७ पुर्‍याउने सिलोटमा खरी घोटेर बसेका छन्, उता बाबुराम भट्टराई उपेन्द्र यादव, शरद सिंह भण्डारीलगायतका मधेसी दलहरुलाई मिलाएर महागठबन्धन बनाउने अन्तिम तैयारीमा जुटेका छन्। संसद र सरकारमा प्रचण्डको असफलता र गठबन्धनमा बाबुराम सफल भए भने आगामी कुनै पनि निर्वाचन प्रचण्डका लागि पुर्पुरोमा हात र बाबुरामका लागि जनादेशसहितको नयाँशक्ति बन्नेछ। बाबुराम प्रचण्डको राजनीतिक अन्त्य र आफ्नो नयाँ इनिङ खेल्दैछन्। महिना दिनमै नयाँगठबन्धन बन्दैछ।