
ललितपुरको भैंसेपार्टीका होटलमा अमरेश कुमार सिंहले घोषणा गरे, १३८ सांसद कन्फर्म भएपछि बालेन सरकार ढल्छ । एक विश्लेषले यो अन्तर्वार्ता जानकारी दिंदै भनेका थिए– बाढीको यो बितण्डाले गर्दामात्र हो, अहिले अलमल भएको । अन्यथा रास्वपाकै एकसय अतीसभन्दा बी सांसद प्रम बालेन साका विरूद्ध गइसक्ने थिए । अर्थात् बाहिर प्राकृति महामारी चलिरहेको छ, रास्वपाभित्र नेतृत्व परिवर्तनको महामारी । हुन त कुनै पनि सरकारले ५ वर्ष शासन चलाएको रेकर्ड नै छैन । त्यसो त अमरेश कुमार सिंह रास्वपाकै सांसद हुन् । सुरू देखि नै उनी बालेन साह नेतृत्वको कडा आलोचक रहेका छन् । जानिफकारहरू यसलाई भारतको अमेरिकाविरूद्धको चलखेल भन्दैछन् । अमेरेशकुमार भारतपक्षका हुन् । बालेन अमेरिकी मोर्चाका हुन् भन्ने अमरेशकुमार बालेन विरूद्ध मोर्चावन्दी कसिरहेका छन् । अनुमान गरिदैछ कि अमरेशको षडयन्त्रमा सभापति रवि लामिछानेको पनि साथ र सहयोग छ । अमरेश सही हुन् भने नेपालमा भारत फेरि अस्थिरताको राजनीतिक माहोल निर्माण गर्दैछ । बालेन सरकार बनेको केही दिनमै प्रचार गरिएको थियो– नेपालमा मध्यावधि चुनाव हुनेछ । दुर्गा प्रसाई, धवल शमशेरहरूलाई समेत सडकमा उतार्न भारतीयहरू सकृय रहेका देखिन्छन् । पुराना ठूला दल कांग्रस, एमाले, नेकपा त बालेन विरोधी हुने नै भए ।
राजनीतिक र कूटनीतिक बृत्तमा प्रश्न उठेको छ– यो सरकार ढलपल भएकै हो त ? स्थिर भनिएको झण्डै दुई तिहाईको सरकार ढल्छ त ?
केही विश्लेषकहरू भन्छन्– सरकार ढल्दैन, यो सम्भव छैन । युरेनियम, एपीपी, दलाई लामा घोषणा, अमेरिकी सैनिक क्याम्पजस्ता मसलाहरूमा बालेनको स्पष्ट औपचारिक धारणा बाहिर आएको छैन । यसकारण पनि यो सरकारलाई कसैले ढाल्न त के हल्लाउन पनि सक्दैन । अहिलेसम्म बालेन बोल्ड निर्णयकर्ता हुन् । ढलपल भए भने भोलिका दिनमा भन्न सकिन्छ । बालेनले गल्ती गरे, भ्रष्टाचारमा मुछिन पुगे भने भोलिका दिनमा उनले भाग्नलाई हेलिकोप्टर पनि पाउने छैनन् । तर अहिले त्यस्तो स्थिति छैन । भैंसेपार्टी होटेलमा एकजना पूर्व आइजीपीसहितको चारपाँच जनाको मिटिङमा अमरेशकुमार सिंहले त्यस्तो दावी गरेता पनि बालेन सरकार अहिलेसम्म सडक र सदनमा मजबुत नै देखिन्छ । कांग्रेसी स्रोत भन्छ, जसरी ०६३ मा सात दललाई १२ बुँदे दिल्ली सम्झौतामा निहुरीमुन्टी न बनाइएको थियो, राजसंस्था बिस्थापन गराएको थियो । अमरेशकुमार पहिले भारतको कांग्रेस आइका खास मान्छे थिए, भाजपाले तिनलाई आफ्नो खास मान्छे बनाएको छ र उनैमार्फत नेपाली राजनीतिलाई विषालु बनाउने काम गरिरहेको देखिन्छ । अहिले अमरेश सरकार ढलाउन एक एक ढोकालाई ढक्डक्याउन थालेका छन् । गतवर्ष जेनजी आन्दोलन र त्यसपछि केही समय बालेन साहसँग नजिक देखिएका सांसद अमरेशकुमार अहिले एकदमै क्रुद्ध देखिन्छन्, कारण के होला ? भनिदैछ, वास्तवमा व्यक्तिगत रूपमा ती सिंह अझै पनि बालेनप्रति सद्भाव र विश्वास नै राख्ने व्यक्ति हुन् । एक त मधेशी मूलका हुन् दुबै । दोस्रो सिंहको मातृदल नेपाली कांग्रेसलाई मूल राजनीतिबाट बाहिर राख्ने व्यक्ति पनि हुन् बालेन । नेकासँग अमरेशको छत्तीसको आँकडा छ । खासगरी देउवा र गगनहरूसँग । तर आफ्ना पुराना दुश्मनहरूलाई सबक सिखाउन सक्ने भए पनि अमरेशको दुःखेसो आफ्नै किसिमको छ । मतलव दिल्लीको लाइन । अब त्यताबाट लाइन आइसकेपछि जतिसुकै सद्भाव र विश्वास भए पनि अमरेशलाई आप्mनै पार्टीका नेताविरूद्ध चलखेल गर्नुपर्ने बाध्यता छ । महत्वपूर्ण मन्त्तालयमा मन्त्री बनाएको एकातिर झोक छ भने अर्कातिर मालिकको लाइनलाई अवज्ञा गर्नसक्ने कुरै भएन । तसर्थ अमरेश चलखेलमा छन् । जेहोस्, बुझन सकिन्छ कि आउँदा दिनहरू अझ कठिन हुनेछन् । प्राकृतिक प्रकोपको घाउ भरिन वर्षौ लाग्ने स्थिति छ । दुई तिहाइको सरकरामाथि गरिने प्रहार र त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरताको दुष्रिणाम भोग्नुपर्ने अवस्था पनि छ । भनिएको छ, वर्तमा शासन प्रणालीमा यो रास्वपाको दुई तिहाइ बहुमतको सरकार अन्तिम प्रयोग हो । यो पनि असफल भएमा मुलुक अर्को कोर्षमा जानेछ । गतवर्षको भदौ २२ अगाडि सबैखालेहरूको गठन्धन गराएर एककिसिमको प्रयोग गरियो । कुनै सफलता मिलेन । अब नयाँ र फ्रेस दलहरूलाई दुई तिहाई दिलाएको छ । यो पनि असफल र असक्षम भयो भने अर्कै राजनीतिक परिस्थिति सिर्जना हुनजानेछ । यसै भन्दैछन केही विश्लेशकहरू । अब यहाँ नेपाली जनताको जोड किन र कसरी चल्छ र ? सबै त भूराजनीतिको खेल हो । ती विश्लेषक यसरी पनि दृष्टिकोण दिदैछन् ।


