Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

प्रचण्डविरुद्धको ओली फाइरिङ

२७ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

एमालेको १८२, माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, नेपाल परिवार दल २, राष्ट्रिय जनमुक्ति पार्टी २, नेपा पार्टी १, मधेस समतापार्टी १ जम्मा २०० सांसद अर्थात एकतिहाईभन्दा बढी सदस्यको हस्ताक्षरसहितको संविधान संशोधनको विपक्षमा वक्तव्य जारी गरेर संसदको अवरोध हटाइदिने रणनीतिमा देखिएका छन् एमाले अध्यक्ष केपी ओली। यसो गर्दा संविधान संशोधन प्रस्ताव फेल हुने र निर्वाचन मिति तोकेर निर्वाचनमा जान सकिने तर्क छ उनको। प्रधानमन्त्री प्रचण्डलाई नैतिक संकटमा पार्ने र निर्वाचन मिति तोक्न बाध्य पार्ने ओली फाइरिङ हुनलाग्यो भनेर एमालेबृत्तमा बाक्लै चर्चा छ। 
आखिर प्रचण्ड र देउवाले भनेजस्तो संविधान संशोधनमा एमाले निहुरिएन। देशलाई उाचनिच पार्ने कुरामा एमाले सहमत छैन भन्ने अडान देखाउन केपी ओली जब्बर भएर उभिनु नै एमालेको नैतिक जित हुनपुगेको छ। यो जितले एमालेलाई निर्वाचनमा जनताको समर्थन लिन समेत सजिलो हुने निश्चित छ।