Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

सत्ता कि हिन्दूवाद? राप्रपा द्विविधामा

२७ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

सत्तामा जाने कि हिन्दूधर्मको अडानमा बस्ने भन्ने सम्बन्धमा निर्णय लिन अध्यक्ष कमल थापाले राष्ट्रिय कार्य सम्पादन समितिको बैठकमा छलफल गरिरहेका छन्। चुनाव हुनैपर्ने संवैधानिक बाध्यता भएकाले सत्तामा जाादा चुनाव लड्न सजिलो हुने निष्कर्षमा पुगेर हिन्दूराष्ट्रका लागि संवैधानिक लडाइ लड्दै सत्तामा जाने निर्णय गर्ने एक सदस्यले बताएका छन्। यद्यपि संविधान संशोधन प्रस्तावका सम्बन्धमा राप्रपाले आाखा चिम्लेर समर्थन नगर्ने भन्दै विपक्षमा गइसकेको भए तापनि प्रधानमन्त्रीको अनेक प्रयत्नमा राप्रपा लचकदार बनेर अघि बढेको एक सदस्यले बताएका छन्। यसको अर्थ राप्रपा सत्तामा त छ, थप सदस्य  सहित सत्तामा जाने तैयारीमा जुटेको छ। यद्यपि राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासाग संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावमा सघाउन तैयार भएको तर त्यो संशोधन प्रस्ताव थप परिमार्जन गर्दा हिन्दूधर्म स्थापना गर्ने बुादा राख्न आग्रह गरेको छ। 
राप्रपाको यो दबाबले कुनै काम गरेको छैन। सत्तामा हिस्सेदारी दिने, ठूलै भाग दिने तर हिन्दूधर्मको सर्त संशोधनमा राख्न नसकिने बताएपछि राप्रपा द्विविधामा परेको हो। सत्ता कि हिन्दूराष्ट्र? यो द्विविधाका सामु आगामी तीन चरणको चुनाव पनि छ र सत्तामा नरहे चुनाव लड्न मुस्किल पर्ने राप्रपाभित्र एकमतो रहेको छ। यसैवीच एक सदस्यले गोरखा एक्सप्रेसलाई बताए– पक्ष वा विपक्ष जसले हिन्दू धर्मको पक्षमा संशोधन गर्न साथ दिन्छ, उतैतिर राप्रपा ढल्कने र साथ दिने आन्तरिक निर्णय गरिसकेको छ। जसले हिन्दू धर्मको लागि राप्रपाको प्रस्ताव स्वीकार गर्छ, मतदानका बेलामा राप्रपा उतैतिर मतदान गर्नेछ। यसमा शंका छैन। सत्ता पक्ष भए पनि हिन्दूधर्मका बारेमा राप्रपाको आफ्नै रिजर्भेसन रहेको छ।