Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

१६ दिने महिला हिंसा विरोधी समयमै महिला हिंसा बढ्यो

२७ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा २७१ भन्दाबढी महिला विभिन्न किसिमको हिंसाको सिकार बन्नुपरेको अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले बताएको छ। सो अवधिमा सबैभन्दा बढी २४२ जना घरेलु हिंसाको सिकार बन्नुपरेको छ। पाँचजना महिलाको परिवारजनबाट हत्या भएको, कथित बोक्सीको आरोपमा तीनजना, यौन दुर्व्यवहारमा दुई जना, नौजना महिलामाथि बलात्कार तथा तीनजना महिलामाथि बलात्कार प्रयासका घटना भएको, बहुविवाहका कारण चारजना, बालविवाहका कारण दुईजना, बेचबिखनको प्रयासका कारण तीन जना पीडित भएको इन्सेकको विज्ञप्तिमा उल्लेख छ।