Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कम्युनिजममा ब्रेक, तर...

१३ मंगलबार , आश्विन २०८३२० घण्टा अगाडि

कम्युनिजममा ब्रेक, तर...

साम्यवाद कि समाजवाद ? २०४६ सालपछि नेपालमा साम्यवादी कम्युनिजम खुब चम्क्यो । २०६३ सालको परिवर्तनपछि त लामो समय कम्युनिष्ट नामधारीहरूले नेपालको शासन चलाए । लोकतन्त्रको नाममा कम्युनिष्टहरू यही समयमा कमाउनिष्ट, कम्युन्यालिस्ट बने । भन्नलाई राजतन्त्र फालियो भने पनि यथार्थमा विदेशी शक्ति र सामलको बलमा अतिवादीको साथ समाजवादी नामधारी कांग्रेस र अन्य दलहरूले दिएकाले त्यो सफल भएको थियो ।
तर, जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको छाता ओढेर कम्युनिष्ट र कांग्रेसले गरेको लूटतन्त्रलाई रूचाएनन् । जेनजी बिद्रोह भयो, जनताले साथ दिए । अन्तरिम सरकार र चुनाव भयो, जनताले साथ दिए । फागुन २१ को चुनावमा जनताले कम्युनिष्टतन्त्रमा ब्रेक लगाइदिए । सत्ता परिवर्तन भयो, संविधान परिवर्तन हुनै बाँकी छ । ६ महिना भयो, जनतामा परिवर्तन हुन्छ भन्ने आश छ, जनताले आश मारेका छैनन् । कम्युनिष्टलाई रोक्ने हो भने नयाँ सरकारले युद्धस्तरमा राहत,उद्धार, पुननिर्माण, सुशासन र भ्रष्टमाथि कारवाहीको काम गर्नैपर्छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आधारातमा पक्राउ परे, १० घण्टा थुनामा राखिए, २ घण्टा केरकार भयो र परिवारको जिम्मा लगाइयो ।
राणा पहिलेदेखि नै विचौलिया, उनको न्याय सम्पादनमा पनि प्रश्न र सेटिङमा चल्ने भन्ने आरोपित थिए । सरकारले त्यसै केरकार गरेको होइन, तर सरकारले स्पष्ट पारेको छैन । मानवाधिकार आयोग र केही नेताले सरकारको व्यहारो निरंकूश भनेर आलोचना गरे । तर, यो पक्राउले हिजोका धेरै शासक, प्रशासकहरू त्रसित छन् । भनिन्छ, यो पक्राउ मानव बेचविखनसँग सम्बन्धित छ ।