
अतिवादमा थियो माओवादी । आफैले टाउकोको मूल्य तोकेको माओवादीसँग मिलेर राजतन्त्र फाल्ने र वीपी नीति त्याग्ने कांग्रेस यतिबेला ऐतिहासिक संकटमा फस्न पुगेको छ ।
कम्युनिष्टसँग रमाएका पूर्वसभापति देउवा ज्योतिषको भरमा परेर, कसैको उक्साहटमा परेर ५ दशक लामो राजनीतिका परिपक्व नेता शेरबहादुर देउवाले छैठौं पटक प्रधानमन्त्री बन्नै लागि कम्युनिष्टसँग मिलेका थिए ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने लालसामा तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाले हार खानुप¥यो, जीवन समाप्त पार्नुप¥यो भने पुनः प्रधानमन्त्री बन्नका लागि कांग्रेसले कम्युनिष्ट एमाले र माओवादीको पछि लाग्दालाग्दै जेनजी विद्रोह निम्त्याउनु प¥यो, राजनीतिक जीवनको उत्तराद्र्धमा जेनजी पुस्ताबाट रगताम्मे हुनेगरी कुटिनुप¥यो, विदेश भासिनु प¥यो र पार्टीको नेतृत्व गुमाउनु प¥यो र अब पाउने सर्वमान्य नेताको सम्मान पनि गुमाउनु पर्ने भएको छ ।
राजनीतिक र उमेर दुवै हिसाबले थकित र एकप्रकारले औचित्य र सान्दर्भिकता गुमाइसकेका र आफ्ना भनिएकाहरूसमेत धेरैनेता र कार्यकर्ता गगनतिर गइसक्दा पनि देउवाले अझै शक्तिको लोभ र लालसा त्याग्न सकेका छैनन्, सभापति गगन थापासँग मोलमोलाई गरिरहेका देखिन्छन् ।
कसैले बुझ्न नसकेको कुरा भनेको आफ्नै नेतृत्वमा अधिवेशन गर्नुपर्ने घिटघिटो देउवाले किन पालिरहेका होलान् ? यसको अन्तर्य के होला कुन्नी ?
असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रूपमा गर्नुपर्ने माग सुनुवाई भएन भन्ने रोष छ देउवामा । यसैले देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ ।
एउटा पार्टी दुई महाधिवेशन हुनेतिर कांग्रेस अग्रसर छ । फागुन २१ को चुनाव हारेर थलिएको कांग्रेस त्यसैपनि कमजोर छ, त्यसपछि दुईचिरा भएपछि ८ दशक पुरानो र प्रजातन्त्रको बिडा उठाउने पार्टी भनेर नथाक्ने कांग्रेसको हालत र हविगत कति खस्किएला ?
देउवा पक्ष हामी १४औं महाधिवेशनको निर्वाचित आधिकारिक भन्छ, विशेष महाधिवेशनबाट निर्वाचित गगन पक्ष १५औं महाधिवेशनको प्रकृया असोज ३ बाट अघि बढाइसकेको छ ।
देउवापक्षका संयोजक डा. शशांक कोइरालाले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने भनेको छ । संस्थापन पक्ष गगन समूह महाधिवेशन रोक्दै नरोक्ने भनेर अघि बढिसकेको छ । सभापति गगन थापाले उद्घाटन गरेर सर्वमान्य नेता बन्न गरेको आग्रहलाई देउवाले नकारेका छन्, भेट्न खोज्दा भेट पनि दिन मानेका छैनन् । विवाद चुलिएको छ ।
देउवालाई उक्साउने प्रकाशशरण महतहरू एकताको महाधिवेशन गर्न हरसम्भव प्रयास गरेको हो, गगन समूहले नमानेको दोषारोपण गरिरहेका छन् ।
लाग्छ, अब एकताको महाधिवेशनको ढोका बन्द भइसकेको छ । तथापि केही कांग्रेसी नेताहरू कुनै न कुनै बाटो निस्कने छ र एकताको महाधिवेशन हुनसक्छ भनेर आशावादी देखिन्छ ।
कांग्रेसले कम्युनिष्टहरूसँग बरालिंदा लोकतन्त्रलाई लूटतन्त्र बनाउन सफल भए, यसैका कारण जनताले चुनावबाट स्वाद चखाइदिएका छन् । अझै पनि कांग्रेसले बुद्धि पु¥याउने र कम्युनिष्टप्रतिको आशक्ति त्यागेर सिद्धान्त, नीति र नैतिकताका साथ वीपी सिद्धान्तमा उभिने हो भने जनताले नपत्याउने कारण छैन । यसका लागि प्रजातान्त्रिक भनिने कांग्रेसले कम्युनिष्टसँग सिद्धान्त समाप्त पार्नु भएन । नेपाली कांग्रेसको संगठन र समर्थन भइरहँदा पनि कांग्रेसले गरेको लूटतन्त्रको बिरोधमा जनताले विद्रोह गरेका हुन्, यो कुरा कांग्रेस बुझ्ने पक्षमा देखिदैन ।


