Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कर्णालीको ‘लाइफलाइन’ सडकः १७ वर्षमा १८ किलोमिटर

१७ शनिबार , आश्विन २०८३एक दिन अगाडि

कर्णालीको ‘लाइफलाइन’ सडकः १७ वर्षमा १८ किलोमिटर

रतनबहादुर रावल, मुगु । कर्णालीको ‘लाइफलाइन’ गमगढी–नाक्चेलाग्ना सडकः १७ वर्षमा १८ किलोमिटर मात्रै ट्र्याक, बजेट अभावले कछुवा गतिमा बन्दैछ । नेपाललाई उत्तरी छिमेकी मुलुक चीनको तिब्बतसँग जोड्ने रणनीतिक लक्ष्य राखिएको यो सडक समयमै बन्न नसक्दा स्थानीय बासिन्दाले दुःख पाइरहेका छन् ।
वि.सं. २०६२–६३ मा विस्तृत प्राविधिक सर्वेक्षण भएको यस सडकको आर्थिक वर्ष २०७२–७३ देखि औपचारिक रूपमा निर्माण सुरु गरिएको थियो । योजना बनेको २० वर्ष र काम सुरु भएको १० वर्षभन्दा बढी समय बितिसक्दा पनि कुल ९६ किलोमिटर लामो सडकमध्ये हालसम्म मात्र १८.५ किलोमिटर खण्डको ट्र्याक खोल्ने काम मात्र सकिएको छ । बजेट जति सुर्खेत, कालिकोट, जुम्ला (सिञ्जा) र मुगु गमगढी क्षेत्रमै खर्च हुने गरेको स्थानीयको गुनासो छ । 
यो सडक निर्माण सम्पन्न भएमा रारा ताल, रारा राष्ट्रिय निकुञ्ज र छायानाथ क्षेत्रलाई सिधा जोड्न सकिनेछ । मुगु बुद्ध पार्क– करिब १,२०० भन्दा बढी पुराना गुम्बाहरू, प्राचीन नाँच, ताल तथा मठ–मन्दिरहरू ओझेलमा परेका छन् । नाक्चेलाग्ना नाका खुल्दा कर्णालीका बासिन्दाले चिनियाँ बजारमा सीधा पहुँच पाउनेछन् । मुगुमा पाइने बहुमूल्य जडीबुटीहरू जस्तै यार्सागुम्बा, गुच्ची च्याउ, कटुकी, पाँचऔंले र सतुवाको निर्यातका लागि कोसेढुङ्गा साबित हुनेछ । साथै, खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्री (सिमेन्ट, जस्तापाता) को ढुवानी लागत घट्नेछ र बजार नियमित हुनेछ । स्थानीय उत्पादनहरू चिनो, चामल, फापर, नाफल, स्याउ, घिउ र छुर्पीलाई बाह्य बजारसम्म पु¥याउन मद्दत पु¥याउनेछ । वि.सं. २०४९ सालमा गैरसरकारी संस्था (प्ीम्ए) ले गमगढीदेखि मुगु गाउँसम्म फराकिलो घोरेटो बाटो बनाएयता यस क्षेत्रको यातायातमा ठूलो परिवर्तन हुन सकेको छैन । कर्णालीको आर्थिक तथा पर्यटकीय रूपान्तरणको सपना सपनामै सिमित रहेको देखिन्छ ।