Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मुस्ताङमा दलाई लामाको फिल्म सुटिङ

२७ मंगलबार , आश्विन २०८३१८ घण्टा अगाडि

मुस्ताङमा दलाई लामाको फिल्म सुटिङ

खम्पा विद्रोही र दलाई लामाको विवादित फिल्म मुस्ताङमा सूट भएको चर्चा कूटनीतिक बृत्तमा बाक्लैछ । यो विषय थाहा पाएपछि चिनियाँ राजदूत झाङ माओमिङ असोज १७ र १८ गते मुस्ताङ निकट लिजी नेचुङ नाकाको स्थलगत निरीक्षणको बहानामा खम्पा बिद्रोही र दलाई लामाका कार्यकर्ताको कृयाकलाप, फोर रिभर्स, सिक्स रेन्जेज नामक फिल्म सुट गरिएका स्थल र सहयोगीहरूका बारे जानकारी लिन पुगेका थिए । यो फिल्म केही हप्ताअघिमात्र विश्वभरि रिलिज गरिएको थियो । भनिन्छ, यो फिल्ममा चुसी गाङद्रुक विद्रोही र १९५९ मा दलाई लामालाई सम्पत्तिसहित भारतको धर्मशालामा पु¥याउनेहरूको कथा पनि फिल्ममा रहेको छ । राजाको सुझाव र प्रधानसेनापति सत्चित शमशेरको नेतृत्वको नेपाली सेनाको सकृयतामा १९७४ मा खम्पा नाइके गे वाङ्दीलाई मारिएपछि खम्पाविद्रोह समन भएको र त्यसपछि दलाई लामा अनेक बहानामा नेपालमा चीनविरोधी कृयाकलाप गरिरहेका छन् । फिल्म निर्माणक्रममा द हिमालयन रोबिन हुडको नाममा स्वीकृति लिएर दलाई लामा सम्बन्धि फिल्म बनाइएको रहस्य पनि खुलिसकेको बताइन्छ ।