Advertisement Banner
Advertisement Banner

२९ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नेपाली सेनालाई स्वर्ण पदक

२८ बुधबार , आश्विन २०८३१९ घण्टा अगाडि

नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा भएको क्याम्ब्रियन पेट्रोलमा ३५ देशका १४० टोलीमा नेपाली सेना पहिलो भयो, २०१७, १९, २५ पछि २०२६ मा पनि नेपाली सेना प्रथम भएको हो ।
सैनिक विज्ञहरू भन्छन्– नेपाली सेनामा व्यवसायिक क्षमता उत्कृष्ठ छ । यही समयमा प्रधानसेनापति पनि बेलायत भ्रमणमा हुनुहुन्थ्यो, नेपालको गौरव बढाउने यो अवसरमा उहाँले हौसला दिनुभएको समाचार छ । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि होस् कि देशभित्रैका विपद् होस्, निर्वाह गरेको जिम्मेवारी, प्राकृतिक विपद्का बेला देखाएको साहस र कठिन परिस्थितिमा नागरिकको जीवन रक्षाका लागि गरेको समर्पण सदैव प्रशंसायोग्य रहेका छन् । स्मरणीय छ, नेपालले सन् १९५८ देखि राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा निरन्तर योगदान दिदै आएको छ । करिब १ लाख ६० हजार नेपाली सैनिकले विश्व शान्तिका लागि मिसनमा सेवा गरिसकेका छन् । मिसनमा खटिदा ७० भन्दा बढी सैनिकले ज्यान पनि गुमाएका छन् ।