Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, मंसिर २०८३15th October 2026, 7:25:53 am

गगन कांग्रेस भन्छ- हामी छौं

०३ बुधबार , मंसिर २०८३१५ घण्टा अगाडि

गगन कांग्रेस भन्छ- हामी छौं

पूर्वसभापति शेरबहादुर देउवा गर्जिएका छन्– पार्टीका लागि श्वास रहेसम्म संघर्ष गर्छु । गगन थापा १८ करोड घूस दिएर आधिकारिकता लिएको बिबादमा मुछिएका छन् । देउवा समूहबाट भावी सभापतिमा शशांक कोइरालालाई देउवाले ग्रिन सिग्नल दिएका छन् । रूष्ठ भएका शेखर कोइराला दुवै पार्टीलाई टुक्रिन नदिई एकता गराउँछु भनेर अघि सरेका छन् । कांग्रेस कुहिरोको कागजस्तो देखिन्छ । अर्थात् कांग्रेस ऐतिहासिक रूपमा बिखण्डनको संघारमा पुगेको छ ।
गगन कांग्रेस, आफूलाई युवा दावी गर्दै ‘हामी छौं, हामी तयार छौं’ अभियान चलाएर आप्mनो नेतृत्वको नेपाली कांग्रेसलाई अझ शक्तिशाली बनाउन मंसिर १ देखि ३ लाख कार्यकर्ता परिचालित गरेर शक्ति प्रदर्शन गर्ने सुरसारमा देखिन्छ ।
यता निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति घोषणा गर्न पार्टीहरूलाई छलफलका लागि निम्त्याएको छ । महामन्त्री प्रदीप पौडेल भन्छन्– यो अभियान वडा तहसम्म पुग्नेछ र कांग्रेसको यो सबैभन्दा ठूलो जनशक्ति प्रदर्शन हुनेछ । 
गगन कांग्रेसले १५औं महाधिवेशन सम्पन्न गरिसकेको छ भने देउवा कांग्रेस १५औं महाधिवेशन सम्पन्न गर्न जुटेको छ । दुबै कांग्रेस लोकतन्त्र बचाउन तैयार छौं भनिरहेको छ । दुबै कांग्रेको १५औं महाधिवेशन । अजव नेपालमा गजब ।
कांग्रेसका दुबै खेमा स्थानीय निर्वाचनमा रास्वपा, एमाले, नेकपासँग चुनावी सङ्ग्राममा जाँदा कांग्रेसको हालत अहिलेभन्दा पनि निकै खस्किन पुग्ने विश्लेषण भइरहेको छ । गगन र देउवा कांग्रेस आफ्नो आधिकारिक हैसियत खोज्दाखोज्दै स्थानीय निर्वाचन घर्किन सक्नेछ । ८ दशक पुरानो पार्टी पानी झैं पोखिदैछ ।