Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

प्रम बालेन साहको स्वाभिमानको स्ट्याण्ड

०९ मंगलबार , मंसिर २०८३५ घण्टा अगाडि

प्रम बालेन साहको स्वाभिमानको स्ट्याण्ड

प्रम बालेन साहको राजनीतिक बिरासत छैन । उनी एकाएक मेयर बने, त्यसपछि प्रधानमन्त्री । तथापि उनको राजनीतिक र कूटनीतिक क्षमता गजबको देखिएको छ । १४ वर्ष मुख्यमन्त्री र भारतजस्तो बिशाल देशको १२ वर्षदेखि प्रधानमन्त्री रहेका नरेन्द्र मोदीसँग प्रम बालेन साह जे जसरी नेपालभक्तका रूपमा प्रस्तुत भए, त्यो विश्वमै अर्को आश्चर्यपूर्ण घटना हो ।
राजनीति र कूटनीतिका महारथी भारतका प्रम नरेन्द्र मोदीले नेपालका युवा प्रधानमन्त्रीको स्वागत, सत्कार र सम्मानमा जे जति शक्ति खर्च गरे, त्यसबाट भारत साँच्चै अब छिमेक फस्ट नीतिको धरातलमा उभिन पुगेको अनुभव गरेका छन् स्वयं भारतीयले पनि ।
को हुन् बालेन, कस्ता छन् ? भारतमा निकै उत्सुकता थियो । भारतीय शासक, प्रशासकहरूले पहिलोपल्ट बालेन साहको व्यक्तित्वलाई बुझ्न पाएका छन् । भारतले बुझ्यो, नेपालमा पनि बालेन साहजस्ता युवा छन्, जो राष्ट्र शिरमा राखेर उभिन सक्छ, आँखा जुधाएर कुरा गर्नसक्छ । भारतका लागि बालेन साह परिपक्व राजनेता र कूटनीतिक चलाखी भएको प्रधानमन्त्री लागेको छ । भारतका मिडियाहरूको रिपोर्ट हेर्दा बुझ्न सकिन्छ, नेपाल आफ्नै खुट्टामा उभिएको छ । अर्काको बैशाखीमा टेकेर उभिनेहरूको दिन सकिएका छन् ।
हो, प्रम बालेन साहले भोटेकोशीको बाढी र पूर्वाधार निर्माणमा ऋण सहयोग मागेका छन् । तर स्वाभिमानमा टेकेर मागेका छन् र मोदीजस्ता खारिएका नेतासमेत बालेन साहको तौर तरिका देखेर प्रभावित हुनपुगेका छन् ।
भारतको स्वार्थ नेपालको प्राकृतिक साधन स्रोतमा कब्जा जमाउने र नेपालको राजनीतिलाई प्रभावमा राखिरहने थियो, अब भारतले बुझ्यो नेपालको स्वार्थ भनेको दुई क्षिमेक र विश्वशक्तिसँग समानतामा उभिने र नेपालको विकास र समृद्धिको सारथी बनाउने रहेछ । २०४६ सालपछि भारतले नेपालमा माओवादी आतंकलाई समेत जन्माएर, संरक्षण दिएर जे जसरी आफ्नो बर्चस्व नेपालमा स्थापित गरिरहेको थियो, अब त्यो सम्भव छैन । हरेक क्षिमेकीसँग बैरभाव राख्दा राख्दा बंगलादेशमात्र होइन, भुटानसमेत भारतको प्रभावबाट निकै टाढा पुगिसकेको दोख दुखिरहेको भारतले १८८० किलोमिटर खुला सीमा रहेको नेपालको विश्वास पनि गुमायो भने विश्वशक्ति कसरी बन्न सकिन्छ भन्ने बुझेर नै नेपालका युवा प्रधानमन्त्रीको स्वागत, सम्मान र नेपालले भन्न चाहेको विषयहरू सुन्यो र बहस अगाडि बढायो । भारतको स्वतन्त्रता संग्राममा समेत नेपालीले बगाएको रगत भारतलाई पहिलोपल्ट सम्झना भएको हुनुपर्छ । परम्परागत विधि व्यवहारबाट नेपालको दुखित मन जित्न सकिदैन भन्ने बुझेर नै भारतले नेपालका प्रधानमन्त्री बालेन साहलाई निम्त्याएको र कुरा सुनेको र सहकार्य बढाउन खोजेको प्रष्ट भएको छ ।
सार्वजनिक खपतका लागि नेपालको कुरा सुनेर भारतले जे जस्तो आश्वस्तता पार्न खोजे पनि नेपालीका लागि बालेनको भारत भ्रमणबाट उपलव्धि के भयो ? भन्ने नै छ । यसपल्टको बालेनको भ्रमण केही केही अनुदान वा मुर्रा राँगामा सिमित छैन, समझदारीमा आइसब्रेक, स्वाभिमान र सार्वभौमिकताको दृष्टि र धेरै अर्थमा ऐतिहासिक हुनपुगेको छ । राष्ट्रसंघमा अभिव्यक्ति दिएपछि दुनियाँभरि वाहवाही आर्जन गरेका कलिला बालेन साह राजनीतिबाट कूटनीतिमा समेत अद्भूत फड्को मार्न सफल भएका छन् । भारतजस्तो बलियो राष्ट्रसँग बराबरी उभिन सकेका छन् भने केही समयमा चीनसँग पनि हाराहारीमा उभिन पुग्ने पक्का छ । अर्कोवर्षसम्म अमेरिका र युरोपियन मुलुकसम्म पुगेर नेपालको शान्ति, समृद्धि र सुशासनमा डाइनामिक जोल्ट दिनसक्ने ऐतिहासिक शासक बन्नपुग्ने देखिन्छ ।
भारतको भ्रमणबाटै विश्वले देख्यो, चाल पायो नेपालको नयाँ पार्टी, नयाँ नेता, नयाँ सत्ता अनि नयाँ सरकार । नेपाली जनताले पुरानालाई डाँडो कटाएर नयाँ पुस्तालाई जुनप्रकारको विश्वास गरे, त्यसमा बालेन साह खरो उत्रदैछन् ।
प्रधानमन्त्री बन्नासाथ एकवर्ष कुनै विदेश भ्रमण गर्दिन भनेका बालेन साहलाई भोटेकोशी बाढीका कारण राष्ट्रसंघ पु¥यायो, आपसी समस्या र आन्तरिक पुनर्निर्माणको दायित्वले दिल्ली उता¥यो ।
खासगरी भारतसँग सम्बन्धको ऐतिहासिकता छ, समस्या पनि त्यत्तिकै जटिल जटिल विद्यमान छन् । प्रम बालेन साहको राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले चुकाउनु परेको मूल्यको जसरी आवाज बुलन्द पारे, त्यसैगरी छिमेकी भारतसँगका समस्याका खातहरूलाई पनि बसेर सुल्झाउने प्रयत्न जुन थालेका छन्, त्यो प्रशंसनीय छ । प्रम बालेन साहलाई नेपालीले मात्र होइन, विश्वले नै सह्राहना गरेको छ । प्रम बालेन साहको आलोचकहरू बालेनको काम र व्यवहारबाट छक्क पर्न थालेका छन् ।
यही त हो स्वाभिमानको स्टेण्ड ।