Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

तिलाठीको लाठी, चुनावमा रैथाने अंगीकृत विरुद्ध रैथाने मधेसी जागे

१७ सोमबार , माघ २०७३१० बर्ष अगाडि

    लहानबाट रैथाने मधेसीहरु जागेका छन् र यो जागरण मेचीदेखि महाकाली सम्मका भूमिपुत्र मधेसीहरुलाई जागृत गराउने निश्चित छ ।
    रैथाने एकता परिषद : यही हो मधेसमा उम्लिएको मधेसी युवाहरुको संगन । यो संगठनको माग छ– पुस्तोंदेखि मधेसमा बस्दै अएका भूमिपुत्र रैथाने मधेसीका अधिकार अंगीकृतहरुले खोस्दै आएका छन्, अव रैथाने एकता परिषदले अंगीकृतलाई रैथाने मधेसीको अधिकार खोस्न दिनेछैन, त्यसमा रोक लगाउनेछ ।
    यो परिषदको निष्कर्ष छ : भारतको स्वार्थ पूरा गर्न रैथाने मधेसीको अधिकार खोस्न  मधेसी मोर्चा सक्रिय रहदै आएको छ । सन्तोष बराइली संयोजक रहेको परिषदले लहानमा मोटर साइकल र्‍याली निकाल्यो र यो र्‍यालीलाई मेची महाकालीसम्मका मधेसी भूभागमा बिस्तार गरिने बताएका छन् । त्यसै पनि १ सय ८ थरिका सशस्त्र भूमिगत समूह क्रियाशील रहेको, सिके राउतले मधेस देश बनाउन खोजेको, महन्थ ठाकुरजस्ता नेताहरु एक नेपाल रहन नदिने घोषणा गरिरहेको बेलामा रैथाने मधेसी युवाहरु जाग्नु नेपाली राष्ट्रवादका लागि नयाँ चमत्कार शिद्ध हुने अनुमान गरिएको छ ।
    स्थानीय तह, राष्ट्रियसभादेखि संसद सम्मको निर्वाचन हुँदैछ । आगामी वर्षको माघ ७ भित्र तिनै तहको निर्वाचन हुनैपर्ने संवैधानिक बाध्यता छ । यस्तो राजनीतिक उवालको स्थितिमा भारतवादी र अंगीकृतले मधेसको नेपाली शक्तिलाई आफ्नो हतियार बनाउने थप खतरा चिर्न मधेसका युवाहरु जागृत हुनु प्रशंसनीय विषय हो ।
    राम्रो परिदृश्य, यो परिषदले हिमाल, पहाड र तराई नेपालको अविच्छिन्न भूभाग मानेको छ । यो भावना विकास गर्न र मधेसी, थारु, दलित, मुश्लिम, पहाडी, हिमालीवीच एकता हुनुपर्छ, कटुता हट्नुपर्छ भन्ने उद्देश्य राखेको स्पष्ट पारेको छ । मधेसमा देखापरेको सबै अतिवादको अन्त्य हो यो ।
    यसलाई भनिन्छ, तिलाठीमा लाठी उठ्यो, अव रैथाने मधेसी जागे ।